इजाजत नलिई बीमा शब्द प्रयोग गरेको पाइए कारबाही हुन्छ: नेपाल बीमा प्राधिकरण

इजाजत नलिई बीमा शब्द प्रयोग गरेको पाइए कारबाही हुन्छ: नेपाल बीमा प्राधिकरण : Icon Khabar

काठमाडौँ, भदौ ४ । नेपाल बीमा प्राधिकरणले इजाजत नलिई बीमा प्रवृत्तिका व्यवसाय नगर्न र नगराउन सचेत गराएको छ। प्राधिकरणले एक सूचना जारी गर्दै सचेत गराएको हो।

बीमा ऐन २०७९ को दफा २४ अनुसार यस प्राधिकरणबाट इजाजत पत्र नलिई कसैले पनि पुनबीमा, बीमा कोष जस्ता जुनसुकै शब्द प्रयोग गरी वा नगरी प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा बीमा व्यवसाय सम्बन्धी कुनै पनि कारोबार,व्यवसाय, उद्योग वा व्यापार गर्न वा गराउन हुँदैन भन्ने उल्लेख छ। साथै दफा १५३ अन्सार बीमक बाहेक अन्य कसैसँग बीमा व्यवसाय सम्बन्धी कारोबार गर्न नहुने भनिएको छ। सोही दफाको हवाला दिँदै प्राधिकरणले सूचनामा त्यस्तो नगर्न नगराउन भनेको छ।

प्राधिकरणले ऐनको उक्त व्यवस्थाको उलङ्घन हुने गरी कार्य भइरहेको भन्दै त्यो नगर्न सूचनामा भनेको छ। त्यस्तो गरेको पाइएमा कानुन बमोजिम कारबाही हुने भन्दै सजग गराएको छ। त्यसैगरि प्राधिकरणले इजाजत नदिएका पर्म कम्पनी लगायत सङ्ग कुनै पनि कारोबार नगर्न पनि सर्वसाधारणलाई सचेत गराएको छ । त्यसैगरि कुनै पनि फर्म कम्पनीलाई बिमा भन्ने शब्द लेख्न पनि प्रतिबन्ध लगाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 21 August 2023
Website | + posts


ताजा
शुक्रबार सुनको भाउ प्रतितोला १५ सय रुपैयाँले बढ्यो
दशैंको घटस्थापना अघि नै मेलम्चीको पानी काठमाडौं आउने
मनासलु हिमालमा आरोहण सुरु, बिहीबार थप १० जना आरोही चुचुरोमा पुगे
आजको मौसम पूर्वानुमान: कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना


ट्रेन्डिङ
सुनकोशीमा खसेको भक्तपुर आउंदै गरेको हाइलक्स गाडी बेपत्ता, भक्तपुरका ३ व्यक्ति अझै बेपत्ता
भक्तपुरमा आफ्नै घरको छतबाट खसेर एक जनाको मृत्यु
सुनकोशीमा खसेको गाडी भेटियो, भक्तपुरका ३ व्यक्ति भने अझै बेपत्ता
भक्तपुरको एक डेरी पसलमा आगलागी, ३ लाख ५४ हजार रुपैयाँ बराबरको क्षति