जुलाई महिनामा चीनको प्राकृतिक ग्यास उत्पादनमा तीव्र वृद्धि

जुलाई महिनामा चीनको प्राकृतिक ग्यास उत्पादनमा तीव्र वृद्धि : Icon Khabar

बेइजिङ, भदौ ३ । चीनको प्राकृतिक ग्यास उत्पादनमा जुलाई महिनामा तीव्र वृद्धि भएको राष्ट्रिय विभागको तथ्यांकले देखाएको छ ।

यहाँ गत महिना १८.४ अर्ब घनमिटर प्राकृतिक ग्यास उत्पादन भएको थियो । जुन अघिल्लो वर्षको तुलनामा ७.६ प्रतिशतले बढी हो । वृद्धि दर जुनको तुलनामा २.१ प्रतिशत अंकले बढी थियो ।

ब्युरोका अनुसार देशले गत महिना १ करोड ३१ लाख टन प्राकृतिक ग्यास आयात गरेको थियो । जनवरीदेखि जुलाईसम्म चीनको प्राकृतिक ग्यास उत्पादन वार्षिक रुपमा ५.७ प्रतिशतले बढेर १३४ अर्ब घनमिटर पुगेको छ ।

Published Date: 20 August 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग