विगत ३ दशक देखि अवरुद्व हुँदै आएको “मैति लाखे” नाच पुन: संचालन हुने

विगत ३ दशक देखि अवरुद्व हुँदै आएको “मैति लाखे” नाच पुन: संचालन हुने : Icon Khabar

काठमाडौँ, भदौ ३ । काठमाडौँ महानगरपालिकाको मैतीदेवी क्षेत्रमा विगतमा आयोजना हुँदै आएको मैति लाखे पुन: संचालनमा आउने भएको छ।

विगत ३ दशक देखि विभिन्न कारणले अवरुद्व हुँदै आएको मैतिदेवी परिसरका विविध साँस्कृतिक कार्यक्रम यस बर्ष देखि पुन: सुरू हुन लागेको हो।

विभिन्न साँस्कृतिक कार्यक्रम अन्तर्गत “मैति लाखे” लाखे नाच भोलि भदौ ४ गते नाग पंचमीको दिनबाट संचालन हुँदैछ। मैतिदेवी परिसरका स्थानिय बासी, युवाहरुको समूह, अग्रज तथा स्थानिय मैतिदेवी युनाइटेड क्लब को जमर्कोमा सो नाच पुन: ल्याउन लागेको हो।

भोलि भदौ ४ गते नाग पंचमीको दिनबाट संचालन हुने सो नाच भदौ २० गते कृष्ण अष्टमीका दिन समापान हुनेछ। सो नाचलाई भिभो मोबाइलले प्रायोजन गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 20 August 2023
Website | + posts




ताजा
नगरकोटका गैरी खेत सुनौलो रङमा, पाकेका धान र फुलिएका तोरीले सजिएको गाउँ (फोटो फिचर )
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने