विगत ३ दशक देखि अवरुद्व हुँदै आएको “मैति लाखे” नाच पुन: संचालन हुने

विगत ३ दशक देखि अवरुद्व हुँदै आएको “मैति लाखे” नाच पुन: संचालन हुने : Icon Khabar

काठमाडौँ, भदौ ३ । काठमाडौँ महानगरपालिकाको मैतीदेवी क्षेत्रमा विगतमा आयोजना हुँदै आएको मैति लाखे पुन: संचालनमा आउने भएको छ।

विगत ३ दशक देखि विभिन्न कारणले अवरुद्व हुँदै आएको मैतिदेवी परिसरका विविध साँस्कृतिक कार्यक्रम यस बर्ष देखि पुन: सुरू हुन लागेको हो।

विभिन्न साँस्कृतिक कार्यक्रम अन्तर्गत “मैति लाखे” लाखे नाच भोलि भदौ ४ गते नाग पंचमीको दिनबाट संचालन हुँदैछ। मैतिदेवी परिसरका स्थानिय बासी, युवाहरुको समूह, अग्रज तथा स्थानिय मैतिदेवी युनाइटेड क्लब को जमर्कोमा सो नाच पुन: ल्याउन लागेको हो।

भोलि भदौ ४ गते नाग पंचमीको दिनबाट संचालन हुने सो नाच भदौ २० गते कृष्ण अष्टमीका दिन समापान हुनेछ। सो नाचलाई भिभो मोबाइलले प्रायोजन गरेको छ।

Published Date: 20 August 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग