महाकाली नदीको जलसतह खतरामा पुग्यो, पुलमा चारपाङ्ग्रे सवारीसाधन आवतजावतमा बन्देज

महाकाली नदीको जलसतह खतरामा पुग्यो, पुलमा चारपाङ्ग्रे सवारीसाधन आवतजावतमा बन्देज : Icon Khabar

महेन्द्रनगर, साउन २९ । महाकाली नदीको जलसतह बढेपछि शारदा ब्यारेजमा रहेको बनबासा पुलमा चारपाङ्ग्रे सवारी आवतजावत बन्द गरिएको छ । पुल जीर्ण भइसकेका कारणले महाकाली नदीमा पानीको बहाव एक लाख क्युसेकभन्दा माथि नाघेपछि चारपाङ्ग्रे सवारीसाधन आवतजावतमा बन्देज लगाउने गरिन्छ ।

सोमबार बिहान ५ बजेदेखि महाकाली नदीको जलसतह उठ्न सुरु भएको हो । अहिले महाकाली नदीमा पानीको बहाव एक लाख ८३ हजार ९५० क्युसेक पुगेको छ भने जलसतह बढ्ने क्रममै छ ।

जल तथा मौसमविज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले डडेल्धुराको परिगाउँस्थित महाकाली नदीमा राखेको जल मापन प्रणालीका अनुसार नदीमा पानीको मात्रा खतराको तह नजिक पुगेको जनाएको छ ।

विभागको बाढी अनुगमन प्रणालीका अनुसार अहिले डडेल्धुराको परिगाउँमा पानीको बहाव ६.८४ मिटर मापन गरिएको छ । सो ठाउँमा जलस्तर ७ मिटर पुगेमा खतराको तह मानिन्छ भने ५.८ मिटरमै सतर्कताको तह मानिन्छ ।

अहिले महाकाली नदीको तटीय क्षेत्रमा वर्षा भइरहेको छ । दार्चुलामा पछिल्लो २४ घण्टामा ५२.८, बैतडीमा ५० र डडेल्धुराको जोगबुडामा ९३.६ मिलिलिटर वर्षा भएको विभागको प्रणालीले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 14 August 2023
Website | + posts




ताजा
दशैंको घटस्थापनादेखि आजसम्म काठमाडौं उपत्यकामा १७५ सवारीसाधन दुर्घटना, ९ जनाको मृत्यु
पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ
ग्लोबल आइएमई बैंकद्वारा ८ प्रतिशत नगद लाभांश घोषणा
क्यासिनोले इजाजत लिएर मात्र विदेशी मुद्राको कारोबार गर्नुपर्ने


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित