महाकाली नदीको जलसतह खतरामा पुग्यो, पुलमा चारपाङ्ग्रे सवारीसाधन आवतजावतमा बन्देज

महाकाली नदीको जलसतह खतरामा पुग्यो, पुलमा चारपाङ्ग्रे सवारीसाधन आवतजावतमा बन्देज : Icon Khabar

महेन्द्रनगर, साउन २९ । महाकाली नदीको जलसतह बढेपछि शारदा ब्यारेजमा रहेको बनबासा पुलमा चारपाङ्ग्रे सवारी आवतजावत बन्द गरिएको छ । पुल जीर्ण भइसकेका कारणले महाकाली नदीमा पानीको बहाव एक लाख क्युसेकभन्दा माथि नाघेपछि चारपाङ्ग्रे सवारीसाधन आवतजावतमा बन्देज लगाउने गरिन्छ ।

सोमबार बिहान ५ बजेदेखि महाकाली नदीको जलसतह उठ्न सुरु भएको हो । अहिले महाकाली नदीमा पानीको बहाव एक लाख ८३ हजार ९५० क्युसेक पुगेको छ भने जलसतह बढ्ने क्रममै छ ।

जल तथा मौसमविज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले डडेल्धुराको परिगाउँस्थित महाकाली नदीमा राखेको जल मापन प्रणालीका अनुसार नदीमा पानीको मात्रा खतराको तह नजिक पुगेको जनाएको छ ।

विभागको बाढी अनुगमन प्रणालीका अनुसार अहिले डडेल्धुराको परिगाउँमा पानीको बहाव ६.८४ मिटर मापन गरिएको छ । सो ठाउँमा जलस्तर ७ मिटर पुगेमा खतराको तह मानिन्छ भने ५.८ मिटरमै सतर्कताको तह मानिन्छ ।

अहिले महाकाली नदीको तटीय क्षेत्रमा वर्षा भइरहेको छ । दार्चुलामा पछिल्लो २४ घण्टामा ५२.८, बैतडीमा ५० र डडेल्धुराको जोगबुडामा ९३.६ मिलिलिटर वर्षा भएको विभागको प्रणालीले देखाएको छ ।

Published Date: 14 August 2023


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु