रिद्धि सिद्धि सिमेन्टको “स्मार्ट स्टूडेण्ट अफ द इएर २०८०” छात्रवृत्तिको कार्यक्रम सम्पन्न

रिद्धि सिद्धि सिमेन्टको “स्मार्ट स्टूडेण्ट अफ द इएर २०८०” छात्रवृत्तिको कार्यक्रम सम्पन्न : Icon Khabar

काठमाडौँ, साउन २८ । रिद्धि सिद्धि सिमेन्ट लि.ले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत मकवानपूर जिल्लालाई लक्षित गरि आयोजना गरेको “मकवानपूर स्मार्ट स्टूडेण्ट अफ द इएर २०८०” को छात्रवृत्ति कार्यक्रम सम्पन्न भएको छ।

यस छात्रवृत्ति कार्यक्रममा कुल १०९ विद्यार्थीहरु सहभागी भएका थिए । रोबोटिक ल्याबमा बनेको स्मार्ट सिमेन्ट रिद्धि सिद्धि सिमेन्ट लि. ले आयोजना गरिएको यस कार्यक्रममा लिखित परीक्षा तथा दौड प्रतियोगिता मार्फत पिप्ले रंगशालामा बृहत कार्यक्रम आयोजना गरेको हो ।

यस कार्यक्रममा मकवानपुर जिल्लाबाट एस.ई.ई परीक्षामा ४ जि.पि.ए. ल्याउनु भएकी सुश्री डौफिन राइका मगरलाइ सम्मान स्वरूप नगद रु १०,००१ प्रदान गरिएको थियो ।

साथै यस कार्यक्रममा सुरक्षा प्रदान गरिदिनु हुने जिल्ला प्रहरी कार्यालय मकवानपुर, शैक्षिक विज्ञं तथा अनुगमन निकाए अन्तर्गत जिल्ला शिक्षा ईकाई समिति, हेटौडा उप महानगरपालिका वडा नं ५ को समन्यवयमा स्थान उपलब्द गराई दिनुहुने पिप्ले युवा क्लव तथा सन्चो हस्पिटलबाट मेडिकल सहयोग गरिदिने सम्पूर्ण संस्थाहरुलाई हार्दिक कृतज्ञ अर्पण गर्दै प्रमाण पत्र सहित सम्मान गरिएको थियो । यसका साथै बिद्यार्थी, अभिभावक, बिद्यालयका प्रधान अध्यापक, शिक्षक बर्गहरुको उल्लेखनिय सहभागिता भएको थियो ।

यस छात्रवृत्तिका कार्यक्रम अन्तर्गत कम्पनीले पहिलो हुने विद्यार्थीलाई मासिक रुपमा रु. ५०००/-, दोश्रो हुनेलाई रु. ३५००/-, तेश्रो हुनेलाई रु. २५००/- साथै सान्त्वना स्वरुप थप ८ विद्यार्थीलाई मासिक रुपमा रु.१५००/- एक वर्षसम्म उपलब्ध गराउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 13 August 2023
Website | + posts




ताजा
जेनजी प्रदर्शन : पहिचान हुन सकेन १३ जनाको शव
नेपालको भारत र चीनसँग मात्रै ३ खर्ब बढिको व्यापारघाटा
बुधबार बिहानसम्म हिमाली भू–भागमा हिमपात तथा वर्षाको सम्भावना
देशभर छ हजारभन्दा बढिमा डेङ्गु सङ्क्रमण पुष्टि


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने