१६ वटा इन्टरनेट कम्पनीलाई रोयल्टी रकम बुझाउन दूरसञ्चार प्राधिकरणको निर्देशन

१६ वटा इन्टरनेट कम्पनीलाई रोयल्टी रकम बुझाउन दूरसञ्चार प्राधिकरणको निर्देशन : Icon Khabar

काठमाडौँ, साउन २५ । नेपाल दूरसञ्चार प्राधिकरणले १६ वटा इन्टरनेट कम्पनीलाई रोयल्टी रकम बुझाउन निर्देशन दिएको छ ।

प्राधिकरणबाट अनुमति प्राप्त गरेका १६ वटा कम्पनीलाई दूर सञ्चार सेवा सञ्चालन गरेबापत आर्जन गरेको कुल आम्दानीको चार प्रतिशत र ग्रामीण दूर सञ्चार विकास कोष बापतको दुई प्रतिशत गरी छ प्रतिशत रोयल्टी रकम तत्काल बुझाउन निर्देशन दिएको छ ।

बिहीबार गोरखापत्र दैनिकमा सूचना जारी गर्दै प्राधिकरणले यस्तो निर्देशन दिँदै तत्काल राजश्व दाखिला नगरे हदैसम्मको कारबाही गर्ने समेत जानकारी गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 10 August 2023
Website | + posts




ताजा
जेनजी प्रदर्शन : पहिचान हुन सकेन १३ जनाको शव
नेपालको भारत र चीनसँग मात्रै ३ खर्ब बढिको व्यापारघाटा
बुधबार बिहानसम्म हिमाली भू–भागमा हिमपात तथा वर्षाको सम्भावना
देशभर छ हजारभन्दा बढिमा डेङ्गु सङ्क्रमण पुष्टि


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने