पाकिस्तानको संसद भंग, अब ९० दिनभित्र चुनाव हुने

पाकिस्तानको संसद भंग, अब ९० दिनभित्र चुनाव हुने : Icon Khabar

काठमाडौं, साउन २५ । पाकिस्तानको संसद भंग भएको छ । प्रधानमन्त्री शहवाज शरिफ नेतृत्वको मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति आरिफ अल्वीले बुधबार राति संसद भंग गरेको बीबीसीले जनाएको छ ।

बीबीसीका अनुसार संसदको कार्यकाल सकिन ३ दिन मात्रै बाँकी रहँदा प्रधानमन्त्री शरीफले संसद विघटनको सिफारिस गरेका हुन् ।कार्यकाल सकिनुअघि नै संसद विघटन भएपछि पाकिस्तानमा अब ९० दिनभित्र चुनाव गर्नुपर्नेछ ।

संसदको कार्यकाल सकिएको अवस्थामा भने ६० दिनभित्र चुनाव गर्नुपर्ने पाकिस्तानको संविधानमा उल्लेख छ ।तत्कालीन प्रधानमन्त्री इमरान खानले संसदबाट विश्वासको मत नपाएपछि गत वर्षको अप्रिलमा शहवाज प्रधानमन्त्री बनेका थिए ।

आइतबार मात्रै पूर्वप्रधानमन्त्री खान ३ वर्षका लागि जेल चलान भएका छन् । त्यहाँको निर्वाचन आयोगले उनलाई पाँच वर्षका लागि चुनाव लड्न प्रतिबन्धसमेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 10 August 2023
Website | + posts










ताजा
काठमाडौंको सार्वजनिक स्थलहरूमा धुम्रपान गरे रू पाँच सय जरिवाना तिर्नुपर्ने
सबै सरकारी अस्पतालले हरेक शुक्रबार बिहान एक घण्टा लामखुट्टेको लार्भा नष्ट गर्नुपर्ने
नयाँ नोट छाप्नका लागि राष्ट्र बैंकद्वारा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान
कुलमान घिसिङ निस्के अमेरिका र युरोप यात्रामा










ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट