पाकिस्तानको संसद भंग, अब ९० दिनभित्र चुनाव हुने

पाकिस्तानको संसद भंग, अब ९० दिनभित्र चुनाव हुने : Icon Khabar

काठमाडौं, साउन २५ । पाकिस्तानको संसद भंग भएको छ । प्रधानमन्त्री शहवाज शरिफ नेतृत्वको मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति आरिफ अल्वीले बुधबार राति संसद भंग गरेको बीबीसीले जनाएको छ ।

बीबीसीका अनुसार संसदको कार्यकाल सकिन ३ दिन मात्रै बाँकी रहँदा प्रधानमन्त्री शरीफले संसद विघटनको सिफारिस गरेका हुन् ।कार्यकाल सकिनुअघि नै संसद विघटन भएपछि पाकिस्तानमा अब ९० दिनभित्र चुनाव गर्नुपर्नेछ ।

संसदको कार्यकाल सकिएको अवस्थामा भने ६० दिनभित्र चुनाव गर्नुपर्ने पाकिस्तानको संविधानमा उल्लेख छ ।तत्कालीन प्रधानमन्त्री इमरान खानले संसदबाट विश्वासको मत नपाएपछि गत वर्षको अप्रिलमा शहवाज प्रधानमन्त्री बनेका थिए ।

आइतबार मात्रै पूर्वप्रधानमन्त्री खान ३ वर्षका लागि जेल चलान भएका छन् । त्यहाँको निर्वाचन आयोगले उनलाई पाँच वर्षका लागि चुनाव लड्न प्रतिबन्धसमेत गरेको छ ।

Published Date: 10 August 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी