देशका विभिन्न ठाउँमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना

देशका विभिन्न ठाउँमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना : Icon Khabar

काठमाडौं, साउन २४ । नेपालमा अहिले मनसुन वायुको प्रभावका साथै बंगलादेशको उत्तरी भूभाग र आसपासमा विकसित न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । मनसुन न्यून चापीय क्षेत्र पनि नेपाल नजिकको उत्तरी क्षेत्रमा रहेको छ।

कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा विहानै सामान्य बदली रही बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार कोशी र मधेश प्रदेशका थोरै स्थानमा हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।

नदीमा पानीको बहाव बढ्ने, बाढी, पहिरो, माटोको कटानजस्ता प्रकोप हुनसक्ने भएकाले जनस्वास्थ्य, कृषि, दैनिक जीवन, सडक तथा हवाई यातायातमा असुविधा, जोखिम वा क्षति हुन नदिन आवश्यक सावधानी अपनाउन जिल्ला प्रशासन कार्यालयका पदाधिकारीले सबैलाई अनुरोध गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 09 August 2023
Website | + posts
ताजा
वैदेशिक अध्ययनमा नेपालबाट बाहिरियो ४२ अर्ब ९६ करोड
मंगलबार नेप्से परिसूचक १८.३७ अंकले बढ्यो
भारतमा कुहिरोका कारण ११ वटा सवारीसाधन एकआपसमा ठोक्किँदा १३ जनाको मृत्यु
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब अमेरिकी डलर क्षतिपूर्तिको मागसहित मुद्दा दायर


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न