देशका विभिन्न ठाउँमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना

देशका विभिन्न ठाउँमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना : Icon Khabar

काठमाडौं, साउन २४ । नेपालमा अहिले मनसुन वायुको प्रभावका साथै बंगलादेशको उत्तरी भूभाग र आसपासमा विकसित न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । मनसुन न्यून चापीय क्षेत्र पनि नेपाल नजिकको उत्तरी क्षेत्रमा रहेको छ।

कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा विहानै सामान्य बदली रही बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार कोशी र मधेश प्रदेशका थोरै स्थानमा हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।

नदीमा पानीको बहाव बढ्ने, बाढी, पहिरो, माटोको कटानजस्ता प्रकोप हुनसक्ने भएकाले जनस्वास्थ्य, कृषि, दैनिक जीवन, सडक तथा हवाई यातायातमा असुविधा, जोखिम वा क्षति हुन नदिन आवश्यक सावधानी अपनाउन जिल्ला प्रशासन कार्यालयका पदाधिकारीले सबैलाई अनुरोध गरेको छ।

Published Date: 09 August 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग