कोरियामा तेक्वान्दोकर्मी सम्मानित

कोरियामा तेक्वान्दोकर्मी सम्मानित : Icon Khabar

काठमाडौं, साउन २३ । नेपाली दुतावास दक्षिण कोरियाले मङ्गलबार नेपालका तीन तेक्वान्दोकर्मीलाई सम्मान गरेको छ ।  दक्षिण कोरियाका लागि नेपाली राजदुत प्रो.डा. ज्योति प्याकुरेल भण्डारीले प्रशिक्षक तथा निर्णायकहरु राजु क्षेत्री, अशोक खड्का तथा भजिन्द्रबहादुर क्षेत्रीलाई सम्मान गरेको हो ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा खेलाडी, प्रशिक्षक र निर्णायकको रुपमा नेपालको नाम राख्न सफल भएकोले सो कार्यका उच्च मूल्याङ्कन गर्दै यी तीन तेक्वान्दोकर्मीहरुको सम्मान गरिएको हो ।

दक्षिण कोरियामा गत आइतबार सम्पन्न विश्व याङ्किङ जि १ अन्तर्गतको किमुनयोङ कपमा अन्तर्राष्ट्रिय रेफ्रीद्वय राजु र अशोकले निर्णायकको भूमिका निर्वाह गरेको थियो । दक्षिण कोरिया खेलकुद मन्त्रालयको संयोजन र विश्व तेक्वान्दोको आयोजना भएको सो प्रतियोगिता तेक्वान्दोका संस्थापक अध्यक्ष डा. किमुन यमको स्मृतिमा सञ्चालन भएको हो । तेक्वान्दो प्रशिक्षक भजिन्द्रबहादुर लामो समय दक्षिण कोरियामा रहेर नेपाली तेक्वान्दोको प्रवद्र्धन गरिरहेको छ ।
अशोक सो प्रतियोगिताका लागि दक्षिण कोरिया पुगेका थिए । क्षेत्रीद्वयले भने दक्षिण कोरियालाई आफ्नो कर्मस्थल बनाउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 08 August 2023
Website | + posts