कोरियामा तेक्वान्दोकर्मी सम्मानित

कोरियामा तेक्वान्दोकर्मी सम्मानित : Icon Khabar

काठमाडौं, साउन २३ । नेपाली दुतावास दक्षिण कोरियाले मङ्गलबार नेपालका तीन तेक्वान्दोकर्मीलाई सम्मान गरेको छ ।  दक्षिण कोरियाका लागि नेपाली राजदुत प्रो.डा. ज्योति प्याकुरेल भण्डारीले प्रशिक्षक तथा निर्णायकहरु राजु क्षेत्री, अशोक खड्का तथा भजिन्द्रबहादुर क्षेत्रीलाई सम्मान गरेको हो ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा खेलाडी, प्रशिक्षक र निर्णायकको रुपमा नेपालको नाम राख्न सफल भएकोले सो कार्यका उच्च मूल्याङ्कन गर्दै यी तीन तेक्वान्दोकर्मीहरुको सम्मान गरिएको हो ।

दक्षिण कोरियामा गत आइतबार सम्पन्न विश्व याङ्किङ जि १ अन्तर्गतको किमुनयोङ कपमा अन्तर्राष्ट्रिय रेफ्रीद्वय राजु र अशोकले निर्णायकको भूमिका निर्वाह गरेको थियो । दक्षिण कोरिया खेलकुद मन्त्रालयको संयोजन र विश्व तेक्वान्दोको आयोजना भएको सो प्रतियोगिता तेक्वान्दोका संस्थापक अध्यक्ष डा. किमुन यमको स्मृतिमा सञ्चालन भएको हो । तेक्वान्दो प्रशिक्षक भजिन्द्रबहादुर लामो समय दक्षिण कोरियामा रहेर नेपाली तेक्वान्दोको प्रवद्र्धन गरिरहेको छ ।
अशोक सो प्रतियोगिताका लागि दक्षिण कोरिया पुगेका थिए । क्षेत्रीद्वयले भने दक्षिण कोरियालाई आफ्नो कर्मस्थल बनाउँदै आएको छ ।

Published Date: 08 August 2023


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु