छैटौं राष्ट्रिय उमा कुङफु प्रतियोगिता भदौमा

छैटौं राष्ट्रिय उमा कुङफु प्रतियोगिता भदौमा : Icon Khabar

काठमाडौं, साउन २३ । नेपाल उमा कुङफु संघको आयोजनामा छैटौं राष्ट्रिय उमा कुङफु प्रतियोगिता भदौ २२ गतेदेखि हुने भएको छ ।

प्रतियोगितामा सातै प्रदेशबाट विभिन्न ३३ जिल्लाका करिब २ सय खेलाडीको सहभागिता रहने आयोजक संघका अध्यक्ष सिद्धार्थ लामा तामाङले जानकारी गराए । सान्डा र प्याटर्नमा गरी जम्मा ४७ स्पर्धामा खेल हुनेछ । सान्डा र प्यार्टनमा उत्कृष्ट हुने पुरुष/महिला खेलाडीलाई जनही १५ हजार नगद पुरस्कार प्रदान गरिने छ ।

प्रतियोगिताको मुख्य जजमा अन्तर्राष्ट्रिय निर्णायकद्वय सिद्धार्थ लामा तामाङ र संजीतकुमार राई रहेका छन् । अन्य जजमा कमल मगर, रमेश महर्जन, भुपेन्द्र गुरुङ र मुन्नी सुवेदी लामा तामाङ छन् । श्याम डंगोल, मनोज विन्दुकार, सुदेन गुरुङ, सञ्जयराज पुटुवार, कुसुम तामाङ, सरिना घले, सुनिता श्रेष्ठ, पासाङ तामाङ, रविन पुटुवार, सिवान सुनुवार, निराजन मुक्तान, मनीष पुटुवार र श्रृषा खनालले रेफ्रीको भूमिका निर्वाह गर्ने छन् ।

प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न आयोजक नेपाल उमा कुङफु संघले शिवकुमार कुँवरलाई संयोजकको जिम्मेवारी दिएको छ । दुईदिने प्रतियोगिताका खेलहरु तार्केश्वर नगरपालिकाको जंरंकुमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 08 August 2023
Website | + posts




ताजा
नेपालको भारत र चीनसँग मात्रै ३ खर्ब बढिको व्यापारघाटा
बुधबार बिहानसम्म हिमाली भू–भागमा हिमपात तथा वर्षाको सम्भावना
देशभर छ हजारभन्दा बढिमा डेङ्गु सङ्क्रमण पुष्टि
मौसमको जानकारी लिएर मात्र ट्रेकिङ्ग जना आग्रह


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने