काठमाडौं, साउन १७ । सुनको भाउ बुधबार तोलामा ६०० रुपैयाँले घटेको छ ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ६०० रुपैयाँले घटेर १ लाख १२ हजार ४०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ११ हजार ८५० रुपैयाँ निर्धारण भएको छ ।
यसअघि, मंगलबार छापावाल सुन १ लाख १३ हजार रुपैयाँ कायम रहेको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १२ हजार ४५० रुपैयाँ निर्धारण भएको थियो । बुधबार चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेर तोलाको १४ सय ६० रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको भाउ प्रतितोला १४ सय ७५ रुपैयाँ कायम रहेको थियो ।
Published Date: 02 August 2023-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1