भारतबाट पेट्रोलको मूल्य बढेर आयो, स्वचालित प्रणाली अन्तर्गत नेपालमा पनि बढ्ने

भारतबाट पेट्रोलको मूल्य बढेर आयो, स्वचालित प्रणाली अन्तर्गत नेपालमा पनि बढ्ने : Icon Khabar

काठमाडौँ, साउन १६ । भारतबाट पेट्रोल तथा डिजेलको भाउ बढेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पठाएको मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर ७ रुपैयाँ ८७ पैसा र डिजेल ६ रुपैयाँ ६१ पैसाले बढेर आएको नेपाल आयल निगमले जनाएको छ ।

आईओसीले पठाएको सूचीअनुसार नै नेपालमा पनि स्वचालित प्रणालीबाट मूल्य समायोजन हुनेछ । आईओसीले हरेक १५–१५ दिनमा नयाँ मूल्यसूची पठाउँछ । सोअनुसार स्वचालित प्रणालीबाट निगमले मूल्य समायोजन गर्नेछ । ग्यासको मूल्य भने प्रतिसिलिण्डर करिब १ सय रुपैयाँ घटेर आएको छ । नेपालमा पनि ग्यासको मूल्य घट्नेछ ।

Published Date: 01 August 2023


ताजा
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?
आज मंगलबारको राशिफल
विदेशी मुद्राको विनिमय दर: डलर, युरो र पाउन्डको मूल्य कति?
पश्चिमी र मनसुनी वायुको प्रभाव: पहाडी तथा हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर