नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका राजनीतिज्ञहरू पुगे उच्च अदालत पाटन

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका राजनीतिज्ञहरू पुगे उच्च अदालत पाटन : Icon Khabar

काठमाडौं, साउन १६ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका राजनीतिज्ञहरूले जिल्ला अदालतले थुनामा राख्न दिएको आदेश अमान्य भएको भन्दै उच्च अदालत पाटन पुगेका छन् ।

नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, नेकपा एमालेका सचिव तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र भुटानी शरणार्थी नेता टेकनाथ रिजालले जिल्ला अदालतको आदेश अमान्य भएको भन्दै उच्च अदालत पाटन पुगेका हुन्।

उनीहरुले मुद्दाको विषयवस्तु र प्रमाणलाई पर्याप्त विचार नगरी थुनामा राखिएको भन्दै जेलबाट रिहा गर्न आदेशको माग गरेका छन् । उच्च अदालत पाटनले खाँड र रायमाझीको विस्तृत प्रतिवेदन पेश गर्न आदेश दिएको छ । निवेदन दिएकाहरुको हकमा जिल्ला अदालतले उच्च अदालत पाटनमा विस्तृत प्रतिवेदन बुझाइसकेको छ ।

जिल्ला अदालतको आदेशविरुद्ध रिट निवेदन परेपछि उच्च अदालतले सम्बन्धित जिल्ला अदालतलाई ‘विस्तृत प्रतिवेदन’ पठाउन आदेश दिएको छ । सम्बन्धित व्यक्तिमाथि लागेको आरोपको आधारमा तयार गरिएको विस्तृत विवरण र त्यसको आधारमा गरिएको आदेशलाई विस्तृत प्रतिवेदन भनिन्छ। विस्तृत प्रतिवेदन प्राप्त भएपछि उच्च अदालतले सुनुवाइसँगै जिल्ला अदालतको आदेशलाई पुनरावलोकन गरी थप आदेश दिने घोषणा गरेको छ ।

Published Date: 01 August 2023


ताजा
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?
आज मंगलबारको राशिफल
विदेशी मुद्राको विनिमय दर: डलर, युरो र पाउन्डको मूल्य कति?
पश्चिमी र मनसुनी वायुको प्रभाव: पहाडी तथा हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर