साइकोलोजिकल थ्रिलर जनराको सीरीज ‘मिस स्कार्लेट’ को टीजर सार्वजनिक

साइकोलोजिकल थ्रिलर जनराको सीरीज ‘मिस स्कार्लेट’ को टीजर सार्वजनिक : Icon Khabar

काठमाडौं, साउन १६ । कान्तिपुर फिल्म एकेडेमीले निर्माण गरेको सीरीज ‘मिस स्कार्लेट’ को टीजर सार्वजनिक भएको छ ।

साइकोलोजिकल थ्रिलर जनराको यो सीरीजको पहिलो सीजन ४ एपिसोडको हुनेछ र प्रत्येक एपिसोड ४५ मिनेटको हुनेछ । यसलाई नेपाली, हिन्दी र अंग्रेजी भाषामा तयार गरिएको छ ।

वीरगन्जमा छायांकन गरिएको यो सीरीजका लेखक तथा निर्देशक बलिराम चौहान हुन् । सीरीजमा गीत विष्ट, कुल श्रेष्ठ, कमल ओझा, आलिसा बास्तोला, कपिल रसाइली, सबी थापा, सुमित्रा अधिकारी, दिलिप नेपालको अभिनय छ ।

प्रकाश पुरी क्रिएटिभ प्रोड्युसर रहेको यो सीरीजमा शेरबहादुर तामाङको छायांकन छ । यसै सीरीजबाट गीत, कुल र कमलले डेब्यू गरेका हुन् ।

नेपालका लागि तयार पारिएको यो सीरीज ओटीटी प्लेटफर्म कान्तिपुर सिनेमाजबाट भदौ महिनामा रिलीज गरिने छ । अन्तर्राष्ट्रिय ओटीटी प्लेटफर्ममा पनि हिन्दी र अंग्रेजी भाषामा रिलिज हुनेछ ।

यो सीरीजको ट्रेलर ओटीटी प्लाटफर्म कान्तिपुर सिनेमाजको घोषणा कार्यक्रममा सार्वजनिक गर्ने निर्माण पक्षले जनाएको छ । विश्व भरिबाट जुनसुकै डिभाईसमा पनि अनलाईन सब्सक्रिप्सन लिएर हेर्न मिल्ने बताईएको छ ।

प्रारम्भिक चरणमा न्यूनतम ४८ घण्टाको प्रिमीयम कन्टेन्टबाट प्लेटफर्म सार्वजनिक गरिने तथा सबै तयारी पश्चात केही दिनमै प्लेटफर्मको औपचारिक रुपमा घोषणा गर्ने कान्तिपुर सिनेमाजको योजना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 01 August 2023
Website | + posts










ताजा
भक्तपुरमा सम्भावित विपद्को क्षेत्रहरूको पहिचान गरी तयारी अवस्थामा रहन निर्देशन
‘आयोडिनयुक्त नुन (उत्पादन तथा विक्री वितरण) ऐन २०५५’ कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
बिहीबार नेप्से परिसूचक ३.७६ अंकले बढ्यो
सरकारले टेलिग्राम बन्द गरे पनि काठमाडौंस्थित रूसी दूतावासले भने गर्यो प्रयोग










ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट