साइकोलोजिकल थ्रिलर जनराको सीरीज ‘मिस स्कार्लेट’ को टीजर सार्वजनिक

साइकोलोजिकल थ्रिलर जनराको सीरीज ‘मिस स्कार्लेट’ को टीजर सार्वजनिक : Icon Khabar

काठमाडौं, साउन १६ । कान्तिपुर फिल्म एकेडेमीले निर्माण गरेको सीरीज ‘मिस स्कार्लेट’ को टीजर सार्वजनिक भएको छ ।

साइकोलोजिकल थ्रिलर जनराको यो सीरीजको पहिलो सीजन ४ एपिसोडको हुनेछ र प्रत्येक एपिसोड ४५ मिनेटको हुनेछ । यसलाई नेपाली, हिन्दी र अंग्रेजी भाषामा तयार गरिएको छ ।

वीरगन्जमा छायांकन गरिएको यो सीरीजका लेखक तथा निर्देशक बलिराम चौहान हुन् । सीरीजमा गीत विष्ट, कुल श्रेष्ठ, कमल ओझा, आलिसा बास्तोला, कपिल रसाइली, सबी थापा, सुमित्रा अधिकारी, दिलिप नेपालको अभिनय छ ।

प्रकाश पुरी क्रिएटिभ प्रोड्युसर रहेको यो सीरीजमा शेरबहादुर तामाङको छायांकन छ । यसै सीरीजबाट गीत, कुल र कमलले डेब्यू गरेका हुन् ।

नेपालका लागि तयार पारिएको यो सीरीज ओटीटी प्लेटफर्म कान्तिपुर सिनेमाजबाट भदौ महिनामा रिलीज गरिने छ । अन्तर्राष्ट्रिय ओटीटी प्लेटफर्ममा पनि हिन्दी र अंग्रेजी भाषामा रिलिज हुनेछ ।

यो सीरीजको ट्रेलर ओटीटी प्लाटफर्म कान्तिपुर सिनेमाजको घोषणा कार्यक्रममा सार्वजनिक गर्ने निर्माण पक्षले जनाएको छ । विश्व भरिबाट जुनसुकै डिभाईसमा पनि अनलाईन सब्सक्रिप्सन लिएर हेर्न मिल्ने बताईएको छ ।

प्रारम्भिक चरणमा न्यूनतम ४८ घण्टाको प्रिमीयम कन्टेन्टबाट प्लेटफर्म सार्वजनिक गरिने तथा सबै तयारी पश्चात केही दिनमै प्लेटफर्मको औपचारिक रुपमा घोषणा गर्ने कान्तिपुर सिनेमाजको योजना छ ।

Published Date: 01 August 2023


ताजा
रोटर्‍याक्ट क्लब अफ भक्तपुरद्वारा आयोजित ‘द आर्ट अफ पोडियम’ उद्घोषण तालिम सम्पन्न
प्रधानमन्त्री कार्यालयले भन्यो,”प्रधानमन्त्री वालेन्द्र शाहको मुस्ताङ भ्रमण निजी हो। “
भक्तपुरमा कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
पहिलो डेटअघि जान्नैपर्ने १० महत्वपूर्ण कुरा


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली