शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर

शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर : Icon Khabar

काठमाडौं, साउन १२ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३० रूपैयाँ ८० पैसा र बिक्री दर १३१ रूपैयाँ ४० पैसा रहेको छ । युरो एकको खरिद दर १४५ रूपैयाँ ७० पैसा र बिक्री दर १४६ रूपैयाँ ३७ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६९ रूपैयाँ ६१ पैसा र बिक्री दर १७० रूपैयाँ ३९ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९१ पैसा र बिक्री दर ३६ रूपैयाँ ०७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 28 July 2023
Website | + posts