बागमती प्रदेशले आजदेखि सार्वजनिक यातायातको भाडा घटाउने

बागमती प्रदेशले आजदेखि सार्वजनिक यातायातको भाडा घटाउने : Icon Khabar

काठमाडौं, साउन ११ । बागमती प्रदेशले आज (बिहीबार) देखि सार्वजनिक यातायातको भाडा घटाउने भएको छ । गत जेठ ११ मा भाडा समायोजन गरेको प्रदेशले पुनः भाडादर घटाउन लागेको हो ।

नेपाल आयल निगम साउन १ गतेबाट इन्धनको मुल्यमा स्वचालित प्रणालीमा गएसँगै प्रदेश सरकारले भाडा घटाउन लागेको श्रम ,रोजगार तथा यातायात मन्त्रालय बागमती प्रदेशका सूचना अधिकारी खगेन्द्र पौडेलले जानकारी दिए।

उनले भने, “नेपाल आयल निगमले इन्धनको मुल्यमा स्वचालित प्रणाली लागु गरेसँगै इन्धनको मूल्य ५ प्रतिशत बढ्दा वा घट्दा भाडा सोही किसिमले घटाउनु वा बढाउनुपर्ने भएकाले अहिले भाडादर घटाउन लागिएको हो ।”
उनका अनुसार बागमती प्रदेशमा चल्ने सवारी साधनमा २.३ प्रतिशत भाडा घट्नेछ । यस्तै मालबहाक सवारी साधनमा ३.१८ प्रतिशत भाडा घट्नेछ । सीटी बसमा भने ३.२६ प्रतिशतले भाडा घट्ने उनको भनाइ छ ।

काठमाडौं उपत्यकामा पहिले सात किलोमिटरसम्म चढ्ने बित्तिकै १९ रुपियाँ तिर्नुपर्दथ्यो । अब १८ रुपियाँ तिर्नुपर्ने सूचना अधिकारी पौडेलले बताए । काठमाडौँ उपत्यकामा पाँचदेखि १० किलोमिटरसम्म चढ्ने बित्तिकै २५ रुपियाँ तिर्नुपर्दथ्यो भने अब २४ रुपियाँ मात्र तिर्नुपनेछ ।

ट्याक्सीको भाडा भने यथावत् नै रहने उहाँको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 27 July 2023
Website | + posts