वागमतीसहित पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

वागमतीसहित पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह : Icon Khabar

काठमाडौं, साउन ११ । नेपालमा अहिले मनसुनी प्रभाव रहेको छ । केही प्रदेशमा आज (बिहीबार) भारी वर्षाको सम्भावना रहेको मौसमविदले जनाएका छन् । बिहानैदेखि केही भू–भागमा भारी वर्षा भइरहेको छ ।

वागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा कोशी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । काठमाडौंका बूढानीलकण्ठ, जितपुर र आसपास क्षेत्रमा पछिल्लो दुई घण्टामा भारी वर्षा भएको छ । विष्णुमती नदीको गोंगबु क्षेत्रमा जलसतह सतर्कता तह नजिक पुगेको छ । विष्णुमती, इच्छुमती, धोबिखोला तटीय क्षेत्रमा खोलाको पानी किनारको सडक र बस्तीमा आउन सक्ने बाढी पूर्वानुमान महाशाखले जनाएको छ ।

बिहान ७ बजेसम्म उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर सामान्य बदली रहनेछ । देशका पहाडी भू–भागका केही स्थानमा तथा बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । वागमती गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

विभागले आज राति देशभर आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । देशका पहाडी भू–भागका थोरै स्थानमा तथा तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोसी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

कोशी, वागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेकाले गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । हाल नेपालमा मनसुनी वायुको साथै बंगालको खाडीको उत्तर–पश्चिम र आसपास रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ ।

Published Date: 27 July 2023


ताजा
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ
इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु