जापानमा हुने वल्र्ड च्याम्पियनसिपमा जाने पौडी टोलीलाई बिदाई

जापानमा हुने वल्र्ड च्याम्पियनसिपमा जाने पौडी टोलीलाई बिदाई : Icon Khabar

काठमाडौँ, साउन २ । जापानको फुकुओका सहरमा आयोजना हुने वल्र्ड एक्वाटिक च्याम्पियनसिप २०२३ मा सहभागी हुन जाने नेपाली पौडी टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ्गले राष्ट्रिय झण्डा सहित बिदाई गरे ।

ओलम्पिकको छनौट प्रतियोगिता समेत रहेको च्याम्पियनसिपमा गौरिका सिंह, एलेक्जेन्डर गादेगाद शाह, डुवाना लामा र नासिर याह्या हुसेनले प्रतिस्पर्धा गर्नेछन् । नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यको नेतृत्वमा जापान जाने टोलीमा टिम प्रशिक्षकमा ओलम्पियन नयना शाक्य, टिम ब्यवस्थापकमा नरेश बैद्य र अफिसियलमा संजय शाह रहेका छन् ।

अध्यक्ष अशोक बज्राचार्यले श्रावण ७ देखि १३ गते (जुलाई २३ देखि २९ तारिख २०२३) सम्म आयोजना हुने च्याम्पियनसिपका दौरान हुने वल्र्ड एक्वाटिक कंग्रेशमा सहभागिता जनाउने छन् ।

यस्तै उक्त च्याम्पियनसिपमा २३ तारिख नासिरले ४०० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्ने छन् भने २४ मा गौरिकाले १०० मिटर ब्याकस्ट्रोक र नासिरले २०० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्ने छन् । २५ तारिख डुवानाले २०० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्ने छिन् । २६ तारिख गौरिकाले ५० मिटर ब्याक स्ट्रोक र एलेक्जेन्डरले १०० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्ने छन् । २७ तारिख डुवानाले १०० मिटर फ्रिस्टायलमा र २८ तारिख एलेक्जेन्डरले ५० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्ने छन् ।

सदस्य सचिव घिसिङ्गले टिमलाई राष्ट्रिय झण्डा प्रदान गर्दै खेलाडीहरुलाई उच्च स्तरको प्रदर्शनका साथ ओलम्पियकमा छनौट हुन सफलताको शुभकामना प्रदान गरे ।

टोली बुधबार जापान तर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 18 July 2023
Website | + posts




ताजा
सामसङ नेपालद्वारा ‘शार्क ट्याङ्क नेपाल’ का शार्कहरूलाई ग्यालेक्सी जेड फोल्ड ७ प्रदान
अमेरिकासँग नेपाल १ सय ६ रनले पराजित
सरकारले तोकेको मूल्यमा किसानको धान खरिद गर्ने
आगामी फागुन २१ हुने निर्वाचनका लागि कार्तिक २१ गतेभित्र दल दर्ता गरिसक्नुपर्ने


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने