अर्थमन्त्री डा. महत र चिनियाँ अर्थमन्त्री लिउ बीच भेटवार्ता

अर्थमन्त्री डा. महत र चिनियाँ अर्थमन्त्री  लिउ बीच भेटवार्ता : Icon Khabar

गुजरात, श्रावण  २ । अर्थमन्त्री डा. प्रकाशशरण महत र चिनियाँ अर्थमन्त्री लिउ कुन बीच भेटवार्ता भएको छ । भारतको गुजरात राज्यको गान्धीनगरमा भइरहेको जी २० अर्थमन्त्री स्तरीय बैठकको क्रममा अर्थमन्त्री डा. महत र चिनियाँ अर्थमन्त्री लिउ बीच भेटवार्ता भएको हो । द्विपक्षीय वार्तामा दुई देशबीच ऐतिहासिक र सहयोगात्मक सम्बन्ध रहेको कुरा दुवै मन्त्रीहरूले व्यक्त गरे ।

एक अर्काको चासो र सरोकार प्रति दुवै पक्ष सम्वेदनशील रहेको वारेमा पनि दुवै मन्त्रीको समान धारणा रह्यो ।

मन्त्री महतले चीनले नेपालमा गरेको विकास सहयोगका लागि धन्यवाद व्यक्त गरे । सन् २०१९ मा चीनका राष्ट्रपतिले गरेको नेपालको भ्रमणका क्रममा उनले नेपालको आर्थिक विकासमा महत्वपूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएकोमा कोभिड – १९ को कारणले समयमा अगाडी बढ्न नसकेकोमा अब चाँडै अगाडी बढ्ने विस्वास व्यक्त गरे ।

उक्त भेटका अवसरमा मन्त्री महतले नेपाल र चीन बीचका महत्वपूर्ण सीमा नाकाहरूबाट दुई देश जोड्ने सडक परियोजनाहरु सहयोगको महत्वपूर्ण क्षेत्र हुन सक्ने र दुवै देशका सम्बन्धित निकायहरूले यसबारेमा गृहकार्य गरी छिट्टै अगाडि बढाउने विस्वास व्यक्त गरे । सुरुङ मार्गको प्रसङ्गमा टोखा – छहरे सुरुङ मार्ग चाँडो कार्यान्वयनमा आउने आशा व्यक्त गरे । चिनियाँ अर्थमन्त्रीले नेपालको विकासमा सहयोगी हुन चाहेको र सहयोगका परियोजनाहरू चाँडै कार्यान्वयनमा आउने विस्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 18 July 2023
Website | + posts










ताजा
सोमबार नेप्से परिसूचक ३१.७८ अंकले बढ्यो
आइतबारसम्म मुलुकभर ७२.१४ प्रतिशत मात्र धान रोपाइँ, यो वर्ष धान उत्पादन घट्ने अनुमान
ट्रम्पले ओबामा पक्राउ परेको एआई भिडियो आफ्नो ट्रुथ सोसल खातामा पोस्ट गरेपछि…
भोटेकोशीमा आएको बाढीले पुर्‍याएको क्षतिले बीमा कम्पनीहरूमा पर्यो २८ करोड ९२ लाख रूपैयाँको दाबी










ट्रेन्डिङ
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट
सल्लाघारीको निकोल्सन कलेज/सेकेण्डरी स्कुलमा नयाँ शैक्षिक सत्रका लागि कक्षा ११ मा भर्ना खुला