कांग्रेस पदाधिकारी बैठक बस्दै, केन्द्रीय समितिका लागि एजेण्डा तय गर्ने

कांग्रेस पदाधिकारी बैठक बस्दै, केन्द्रीय समितिका लागि एजेण्डा तय गर्ने : Icon Khabar

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस पदाधिकारी बैठक आज (सोमबार) बस्दै छ । केन्द्रीय समितिको बैठकमा पेश गर्ने एजेण्डाबारे छलफल गर्नका लागि बैठक बस्न लागेको हो ।

सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीलाई केन्द्रीय समिति बैठकमा छलफल गर्ने एजेण्डा तय गर्नका लागि पदाधिकारी बैठक बोलाएको उनको सचिवालयले जानकारी दिएको छ । बैठक दिउसो २ बजे बस्नेछ । देउवाले भोलि पदाधिकारीसँग छलफल गरेपछि पर्सी बिहान दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासँग पुनः छलफल गर्ने बुझिएको छ ।

गत २७ असारमा बस्ने भनिएको कांग्रेस केन्द्रीय समितिको बैठक अन्तिम समयमा आएर स्थगित भएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को श्रीमती सीता दाहालको निधन पछि स्थगित भएको सो बैठक साउन २ गते बस्दै छ । आजको बैठकले केन्द्रीय समितिको बैठकका एजेण्डा तय गरेर केन्द्रीय समिति बैठकमा पेस गर्नेछ ।

Published Date: 17 July 2023


ताजा
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ
इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु