नेपालले आज भारतसँग खेल्दै

नेपालले आज भारतसँग खेल्दै : Icon Khabar

काठमाडौं, असार ३१ । श्रीलंकामा जारी एसीसी पुरुष इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा आज (सोमबार) नेपालले भारत ‘ए’ को सामना गर्दैछ ।

नेपाल र भारतबीचको खेल नेपाली समयानुसार दिउँसो २ः१५ बजे श्रीलंकाको आर प्रेमदासा रंगशालामा सुरु हुनेछ । नेपाल पहिलो जितको खोजीमा हुनेछ । अर्कोतर्फ भारत भने लगातार दोस्रो जित निकाल्दै सेमिफाइनल यात्रा पक्का गर्ने लक्ष्यका साथ मैदान उत्रनेछ ।

पहिलो खेलमा नेपाल पाकिस्तानसँग ४ विकेटले पराजित भएको थियो भने भारतले यूएईविरुद्ध ८ विकेटको जित निकालेको थियो । नेपालले समूह चरणको अन्तिम तथा प्रतियोगिताको तेस्रो खेल बिहीबार यूएईसँग खेल्नेछ ।

नेपालको टोली :

कुशल भुर्तेल, आसिफ शेख, अर्जुन साउद, रोहित पौडेल (कप्तान), कुशल मल्ल, पवन सरार्फ , देव खनाल, गुलशन झा, सोमपाल कामी, भीम सार्की, श्याम ढकाल, प्रतिश जि.सी, ललित राजवंशी, किशोर महतो, सन्दीप जोरा र सूर्य तामाङ ।

भारत ए को टोली :

साई सुदर्शन, अभिषेक शर्मा (उपकप्तान), निकिन जोन्स, प्रदोश रञ्जन पल, यश धुल (कप्तान), रियान पराग, निशान्त सिन्धु, प्रभशिम्रन सिंह (विकेटकिपर), ध्रुव जुरेल, मानव सुथार, युवराजसिंह दोदिया, हर्षित राना, आकाश सिंह, नितेश कुमार रेड्डी र राजवर्धन हांगगेकार ।

Published Date: 17 July 2023


ताजा
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ
इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु