राष्ट्रपति पौडेलद्वारा बजेट विधेयक प्रमाणीकरण

राष्ट्रपति पौडेलद्वारा बजेट विधेयक प्रमाणीकरण : Icon Khabar

काठमाडौं, असर ३१ । राष्ट्रपति रामचन्द्र पौडेलले बजेट विधेयक प्रमाणीकरण गरेका छन् ।

आइतबार राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै आर्थिक वर्ष २०८०/८१ को बजेट राष्ट्रपतिबाट स्वीकृत भएको जनाएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ११३ (२) बमोजिम संघीय संसदबाट पारित भएका विधेयकलाई प्रमाणीकरण गरी धारा ११३ (१) बमोजिम प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पेश गरेको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले बजेट सम्बन्धी तीन विधेयक विनियोजन विधेयक, २०८० , वित्त विधेयक, 2080 र राष्ट्रिय ऋण उठाउने विधेयक, २०८० प्रमाणीकरण गरेका छन् ।

सङ्घीय संसद्का दुवै सदनबाट पारित भएपछि बजेटसँग सम्बन्धित तीनवटा विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 16 July 2023
Website | + posts