राष्ट्रपति पौडेलद्वारा बजेट विधेयक प्रमाणीकरण

राष्ट्रपति पौडेलद्वारा बजेट विधेयक प्रमाणीकरण : Icon Khabar

काठमाडौं, असर ३१ । राष्ट्रपति रामचन्द्र पौडेलले बजेट विधेयक प्रमाणीकरण गरेका छन् ।

आइतबार राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै आर्थिक वर्ष २०८०/८१ को बजेट राष्ट्रपतिबाट स्वीकृत भएको जनाएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ११३ (२) बमोजिम संघीय संसदबाट पारित भएका विधेयकलाई प्रमाणीकरण गरी धारा ११३ (१) बमोजिम प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पेश गरेको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले बजेट सम्बन्धी तीन विधेयक विनियोजन विधेयक, २०८० , वित्त विधेयक, 2080 र राष्ट्रिय ऋण उठाउने विधेयक, २०८० प्रमाणीकरण गरेका छन् ।

सङ्घीय संसद्का दुवै सदनबाट पारित भएपछि बजेटसँग सम्बन्धित तीनवटा विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाइएको छ ।

Published Date: 16 July 2023


ताजा
रोटर्‍याक्ट क्लब अफ भक्तपुरद्वारा आयोजित ‘द आर्ट अफ पोडियम’ उद्घोषण तालिम सम्पन्न
प्रधानमन्त्री कार्यालयले भन्यो,”प्रधानमन्त्री वालेन्द्र शाहको मुस्ताङ भ्रमण निजी हो। “
भक्तपुरमा कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
पहिलो डेटअघि जान्नैपर्ने १० महत्वपूर्ण कुरा


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली