आइतबार नेप्से परिसूचक १२.१६ अंकले बढ्यो

आइतबार नेप्से परिसूचक १२.१६ अंकले बढ्यो : Icon Khabar

काठमाडौँ, असार ३१ । आइतबार नेप्से परिसूचक १२.१६ अंक बढेर २०९७.०९ विन्दुमा पुगेको छ।

नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन अर्थात गत साताको अन्तिम कारोबार दिन ३ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा आज २८६ स्टकको ३९ हजार ३७ पटकको कारोबारमा २ अर्ब ३७ करोड ६४ लाख रुपैयाँ बराबरको ७१ लाख ८४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये आज ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ। आज म्युचुअल फण्ड उपसमूहको परिसूचक सर्वाधिक २.०६ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकिङ्ग उपसमूहको परिसूचक १.३३ प्रतिशत बढेको छ। अन्य ६ उपसमूहको परिसूचक यस दिन सामान्य बढेको छ। आज वित्त, होटल तथा पर्यटन, जलविद्यूत, जीवन बीमा र व्यापार उपसमूहको परिसूचक घटेको हो।

Published Date: 16 July 2023


ताजा
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?
आज मंगलबारको राशिफल
विदेशी मुद्राको विनिमय दर: डलर, युरो र पाउन्डको मूल्य कति?
पश्चिमी र मनसुनी वायुको प्रभाव: पहाडी तथा हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर