घोराही सिमेन्ट इण्डष्ट्रीको आईपीओ आजै बाँडफाँट हुदै, सबै आवेदकले शेयर पाउने

घोराही सिमेन्ट इण्डष्ट्रीको आईपीओ आजै बाँडफाँट हुदै, सबै आवेदकले शेयर पाउने : Icon Khabar

काठमाडौं, असार ३१ । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओमा आज बाँडफाँट हुने भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नविल इन्भेष्टमेन्ट मर्चेन्ट बैंकिङ्गको कार्यालयमा दिउँसो ३ः३० बजे शेयर बाँडफाँट हुने भएको हो ।

कम्पनीको आईपीओमा पछिल्लो तथ्यांक अनुसार ६ लाख ७३ हजार ८३९ जना आवेदकबाट ११ अर्ब ५ करोड ७८ लाख ३९ हजार २०० रुपैयाँ बराबरको २ करोड ५४ लाख २० हजार ३२० कित्ता शेयरको लागि आवेदन परेको छ । यो सर्वसाधारणलाई निष्काशन गरेको कुल शेयर ६९ लाख ११ हजार ६७० कित्ता शेयरको ३.६७ गुणा बढी हो ।

कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा माध्यमबाट न्युनतम १० कित्ताका दरले शेयर वितरण हुनेछ । त्यस अनुसार सबै आवेदकले न्युनतम १० देखि २० कित्तासम्म शेयर पाउने देखिन्छ ।

Published Date: 16 July 2023


ताजा
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ
इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु