स्वर्णधारी सुमन सम्मानित

स्वर्णधारी सुमन सम्मानित : Icon Khabar

काठमाडौं, असार २८ । नेपाल वादोरियो कराते डो संघले अमेरिकामा भएको युएस ओपन वल्र्ड मार्सल आर्ट्स च्याम्पियनसिपका स्वर्ण विजेता सुमन तिमल्सिनालाई सम्मान गरेको छ । सिनियर पुरुष एकल कातामा स्वर्ण जितेका सुमनलाई वादोरियो कराते संघको तेश्रो केन्द्रीय महाधिवेशनको उद्घाटन अवसरमा सम्मान गरिएको हो । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले सुमनलाई प्रशंसा पत्र प्रदान गरी एक कार्यक्रमबीच सम्मान गरे ।

सोही अवसरमा श्रीलंकामा भएको तेश्रो अन्तर्राष्ट्रिय खुला कराते प्रतियोगिताका पदक विजेता कमरुद्दिन अली  (स्वर्ण), सम्यम कँडेल (स्वर्ण), शोभाकर पन्त (रजत) र पुरुषोत्तम पोखरेल (रजत) सम्मानित भए । १९ औं अन्तर्राष्ट्रिय ओकिनावा गोजुरियो इपोह सिटी ओपन करातेका स्वर्ण विजेता देवकुमार शाह, प्रसिद्धि शर्मा, प्रशेष शाही, आरोन शेरचन, सुशान्त खड्का, समीक्षा कार्की, रजत विजेता आकृति कँडेल र कांस्य विजेता वैश्नवी शर्मालाई पनि सम्मान गरियो ।

त्यस्तै भारतमा भएको प्रथम इन्डो–नेपाल खुला कराते प्रतियोगितामा स्वर्ण जितेका सागर काफ्ले, शरद कुँवर, अर्पण भण्डारी, विवेक विक, रजत जितेका सावित्री भण्डारी र मनीष रोका मगर तथा कांस्य विजेता युगन बस्याल र विसन थापा मगर पनि सम्मानित भए ।

Published Date: 13 July 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग