श्रीमती सुनिता कपूरलाई छोडेर कंगना रनौतसँग बिहे गर्छु: अनिल कपूर

श्रीमती सुनिता कपूरलाई छोडेर कंगना रनौतसँग बिहे गर्छु: अनिल कपूर : Icon Khabar

मुम्बई, असार २६ । बलिउड अभिनेता अनिल कपूर अभिनयका साथै निजी जीवनका कारण पनि चर्चामा आइरहन्छन् ।

‘कफी विथ करण शोको सिजन ३’ को एक एपिसोडमा अभिनेता कपूरलाई करण जोहरले ‘यदि उनले श्रीमती सुनिता र अन्य महिलामध्ये एक रोज्नु पर्यो भने कसलाई रोज्नु हुन्छ ?’ भन्ने प्रश्न गरेका थिए ।

उक्त कार्यक्रममा अनिल कपूरसंग कंगना रनौत तथा सञ्जय दत्त पनि अतिथिको रूपमा आएका थिए । अनिल कपूरले कार्यक्रमको क्रममा सोधिएका प्रश्नको जवाफमा ठट्टा गर्दै भने – ‘श्रीमती सुनिता कपूरलाई छोडेर कंगना रनौतसँग बिहे गर्छु ।’

अनिलले आफ्नी धर्मपत्नी सुनितालाई कंगना रनौतका लागि छोड्न सक्ने धारणा राखेका थिए। अनिल कपूरको जवाफ सुनेर सबै आश्चर्यमा परेका थिए । कंगनासमेत अनिलको जवाफ सुनेर अचम्ममा परेकी थिइन् भने करणले कंगनालाई ‘तिमीले अब चिन्ता गर्नु पर्छ जस्तो लाग्छ’ भनेका थिए ।

Published Date: 11 July 2023


ताजा
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?
आज मंगलबारको राशिफल
विदेशी मुद्राको विनिमय दर: डलर, युरो र पाउन्डको मूल्य कति?
पश्चिमी र मनसुनी वायुको प्रभाव: पहाडी तथा हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर