मनाङ एयरको हेलिकप्टर दुर्घटनाको छानविन गर्न सरकारले समिति बनाउने

मनाङ एयरको हेलिकप्टर दुर्घटनाको छानविन गर्न सरकारले समिति बनाउने : Icon Khabar

काठमाडौँ, असार २६ ।  सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर दुर्घटनाबारे अध्ययन गर्न सरकारले छानबिन समिति बनाउने भएको छ ।

आज (मंगलबार) जनकपुरधाममा आयोजित नेपाल विद्यापति मैथिली पुरस्कार अर्पण सहारोहपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री सुदन किरातीले दुर्घटनाको अध्ययनका लागि छानबिन समिति बनाइने जानकारी दिएका हुन् ।

मंगलवार बिहान सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लिखुपिकेमा दुर्घटना हुँदा मेक्सिकोका ५ जना यात्रु र एक नेपाली पाइलटको मृत्यु भएको छ ।

मन्त्री किरातीले आफू जनकपुरबाट फर्किएपछि सके आजै र त्यो नभए बुधवारसम्ममा छानबिन समिति बनाएर मनाङ एयरको ९–एन–एमभी कलसाइन भएको हेलिकप्टर दुर्घटनाबारे अध्ययन गरिने बताए ।

‘हामीले डे वानदेखि नै सेफ्टी फर्स्ट भनेर यही नारा उच्चारण गरेका छौं । सेफ्टीमा कुनै सम्झौता हुँदैन । दुर्घटना नहोस् भनेर नै हामीले सेफ्टी फर्स्ट भनेका छौं, हाम्रो पहिलो शर्त सुरक्षा हो,’ उनले भने, ‘हामी छलफल बहसमा नै छौं, कसरी सेफ्टीलाई उठाउन सकिन्छ भनेर छलफलमा छौं । अब छानबिन समिति बन्छ, हामी गएर बनाउँछौं, भोलिसम्ममा गठन हुन्छ ।’

उनले नेपाली आकाशलाई सुरक्षित बनाउने प्रयासमा सरकार निरन्तर काम गरिरहेको समेत बताए ।

Published Date: 11 July 2023


ताजा
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?
आज मंगलबारको राशिफल
विदेशी मुद्राको विनिमय दर: डलर, युरो र पाउन्डको मूल्य कति?
पश्चिमी र मनसुनी वायुको प्रभाव: पहाडी तथा हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर