भक्तपुर, असार २५ । अध्ययन संस्कृतिलाई प्रबर्द्धन गर्न स्थापित बुक क्लब भक्तपुरको नियमित कार्यक्रम लेखकसंग अन्तरसंवादको नविन शृंखला आगामी शुक्रबार हुने भएको छ।
यहि असार २९ गते शुक्रबारको दिन भक्तपुरको खौमा स्थित ख्वप छें रेष्टुरेन्टमा साँझ ४ बजे शुरु हुने बताइएको छ। सो कार्यक्रमामा यो पटक डा नवराज केसीद्वारा लिखित सास, साहस स्नेहको कथा “शून्यको मूल्य ” बारे अन्तरसंवाद हुने बताइएको हो।
“जीन्दगी के रहेछ ? सास रहँदासम्म माटोमाथि, सास रोकिएपछि माटो मुनि।” लगायतका थुप्रै घतलाग्दा वाक्यान्स भएको उक्त पुस्तकका विभिन्न विषयमा केन्द्रीत रहेर परिचर्चा गरिने भएको छ।
यस पुस्तक “शून्यको मूल्य ” बारे लेखक डा नवराज केसीले आफ्नो विचार राख्ने कार्यक्रम रहेको बुक क्लब भक्तपुरका अध्यक्ष दिनेश प्रधानले आइकन खबरलाई जानकारी दिए।
Published Date: 10 July 2023