आगामी शुक्रबार बुक क्लब भक्तपुरको अन्तरसंवादमा “शून्यको मूल्य ” बारे चर्चा हुने

आगामी शुक्रबार बुक क्लब भक्तपुरको अन्तरसंवादमा “शून्यको मूल्य ” बारे चर्चा हुने : Icon Khabar

भक्तपुर, असार २५ । अध्ययन संस्कृतिलाई प्रबर्द्धन गर्न स्थापित बुक क्लब भक्तपुरको नियमित कार्यक्रम लेखकसंग अन्तरसंवादको नविन शृंखला आगामी शुक्रबार हुने भएको छ।

यहि असार २९ गते शुक्रबारको दिन भक्तपुरको खौमा स्थित ख्वप छें रेष्टुरेन्टमा साँझ ४ बजे शुरु हुने बताइएको छ। सो कार्यक्रमामा यो पटक डा नवराज केसीद्वारा लिखित सास, साहस स्नेहको कथा “शून्यको मूल्य ” बारे अन्तरसंवाद हुने बताइएको हो।

“जीन्दगी के रहेछ ? सास रहँदासम्म माटोमाथि, सास रोकिएपछि माटो मुनि।” लगायतका थुप्रै घतलाग्दा वाक्यान्स भएको उक्त पुस्तकका विभिन्न विषयमा केन्द्रीत रहेर परिचर्चा गरिने भएको छ।

यस पुस्तक “शून्यको मूल्य ” बारे लेखक डा नवराज केसीले आफ्नो विचार राख्ने कार्यक्रम रहेको बुक क्लब भक्तपुरका अध्यक्ष दिनेश प्रधानले आइकन खबरलाई जानकारी दिए।

Published Date: 10 July 2023


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु