सोमबार सुनचाँदीको मूल्य स्थिर

सोमबार सुनचाँदीको मूल्य स्थिर : Icon Khabar

काठमाडौं, असार २५ । सोमबार सुनको मूल्य स्थिर रहेको छ । छापावाल सुन प्रतितोला एक लाख ११ हजार ३०० रुपैयाँ कायम रहेको छ । चाँदी पनि यस दिन आइतबारकै मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला एक लाख १० हजार ७५० रुपैयाँमा खरिदबिक्री हुँदैछ । आइतबार भने सुन तोलामा ७०० रुपैयाँले बढेको थियो ।

सोमबार चाँदी प्रतितोला एक हजार ३९५ रुपैयाँ कायम रहेको छ । अघिल्लो कारोबार दिन, चाँदी प्रतितोला २० रुपैयाँले महंगिएको थियो ।

Published Date: 10 July 2023


ताजा
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
शुक्रबार बिहान ५–६ बजे प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने
चीनका शहरमा सेलिब्रिटी होइन, वैज्ञानिकका तस्वीर; नेपालमा पनि यस्तो अभियान सुरु गर्ने हो कि?
कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा भारी वर्षाको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग