काठमाडौं, असार २५ । आज (सोमबार) नेप्से परिसूचक ०.८० अंकले घटेको छ । नेप्से ०.८० अंकले घट्दा नेप्से इन्डेक्स २०७६.९६ विन्दुमा पुगेको हो । नेप्सेमा घटेपनि आज कारोबार रकममा आइतबारको तुलनामा केहि सुधार आएको छ । आज ३ अर्ब ७९ करोड ७९ लाख ८६ हजार माथिको कारोबार भएको हो ।
यस दिन पनि रावा इनर्जीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सो कम्पनीको शेयरमूल्य ३३ रुपैयाँ १० पैसा बढेर ३६४ रुपैयाँ ८० पैसामा अन्तिम कारोबार भएको छ। त्यसैगरी, यस दिन गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्सको शेयरमूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ भने श्वेत गंगा हाइड्रोपावर र अरुण काबेलीको शेयरमूल्इ साढे ६ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन हिमालयन हाइड्रोपावरको शेयरमूल्इ सर्वाधिक ६.३४ प्रतिशत घटेको छ।
Published Date: 10 July 2023