कोशीमा माओवादीका जीवन आचार्य आर्थिक मामिलामन्त्री बन्दै, आजै शपथ

कोशीमा माओवादीका जीवन आचार्य आर्थिक मामिलामन्त्री बन्दै, आजै शपथ : Icon Khabar

काठमाडौं, असार २४ । कोशी प्रदेशका मुख्यमन्त्री उद्वव थापाले आज (आइतबार) मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । माओवादी केन्द्रले मन्त्रीको नाम पठाएपछि मुख्यमन्त्री थापाले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।

आज (आइतबार) नेकपा माओवादीबाट जीवन आचार्य मन्त्री बन्ने भएका छन् । बिहान ९ बजेपछि उनको शपथ हुने जनाइएको छ । उनी आर्थिक मामिलामन्त्री बन्ने छन् । आचार्य यसअघि पर्यटनमन्त्री थिए । उनी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का ज्वाइँ हुन् ।

शुक्रबार गठन भएको मन्त्रिपरिषद्मा नेपाली कांग्रेसका प्रदीप सुनुवार र नेकपा एकीकृत समाजवादीका कमल जवेगुले मन्त्रीको शपथ लिएका थिए । कोशी सरकार गठनमा सभामुखले पनि हस्ताक्षर गरेपछि विपक्षी दलहरूले सर्वोच्चमा रिट दिएका छन् ।

उक्त रिटको सुनुवाइ आज हुँदैछ । रिटमा सरकार गठन गर्दा संविधान मिचिएको भन्दै एमालेले सरकार गठन रद्द गरी आफ्नो नेतृत्वमा सरकार बनाउन परमादेश दिन माग गरेको छ ।

Published Date: 09 July 2023


ताजा
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ
इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु