कोशीमा माओवादीका जीवन आचार्य आर्थिक मामिलामन्त्री बन्दै, आजै शपथ

कोशीमा माओवादीका जीवन आचार्य आर्थिक मामिलामन्त्री बन्दै, आजै शपथ : Icon Khabar

काठमाडौं, असार २४ । कोशी प्रदेशका मुख्यमन्त्री उद्वव थापाले आज (आइतबार) मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । माओवादी केन्द्रले मन्त्रीको नाम पठाएपछि मुख्यमन्त्री थापाले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।

आज (आइतबार) नेकपा माओवादीबाट जीवन आचार्य मन्त्री बन्ने भएका छन् । बिहान ९ बजेपछि उनको शपथ हुने जनाइएको छ । उनी आर्थिक मामिलामन्त्री बन्ने छन् । आचार्य यसअघि पर्यटनमन्त्री थिए । उनी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का ज्वाइँ हुन् ।

शुक्रबार गठन भएको मन्त्रिपरिषद्मा नेपाली कांग्रेसका प्रदीप सुनुवार र नेकपा एकीकृत समाजवादीका कमल जवेगुले मन्त्रीको शपथ लिएका थिए । कोशी सरकार गठनमा सभामुखले पनि हस्ताक्षर गरेपछि विपक्षी दलहरूले सर्वोच्चमा रिट दिएका छन् ।

उक्त रिटको सुनुवाइ आज हुँदैछ । रिटमा सरकार गठन गर्दा संविधान मिचिएको भन्दै एमालेले सरकार गठन रद्द गरी आफ्नो नेतृत्वमा सरकार बनाउन परमादेश दिन माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 09 July 2023
Website | + posts




ताजा
जेनजी प्रदर्शन : पहिचान हुन सकेन १३ जनाको शव
नेपालको भारत र चीनसँग मात्रै ३ खर्ब बढिको व्यापारघाटा
बुधबार बिहानसम्म हिमाली भू–भागमा हिमपात तथा वर्षाको सम्भावना
देशभर छ हजारभन्दा बढिमा डेङ्गु सङ्क्रमण पुष्टि


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने