समाजवादी मोर्चा संयोजनको जिम्मा माधव नेपाललाई, चार सदस्यीय कार्यदल गठन

समाजवादी मोर्चा संयोजनको जिम्मा माधव नेपाललाई, चार सदस्यीय कार्यदल गठन : Icon Khabar

काठमाडौं, असार २३ । समाजवादी मोर्चा नेपालको आगामी नीति र आचारसंहिता बनाउनका लागि चार सदस्यीय कार्यदल गठन भएको छ । कार्यदलले बैठकको अध्यक्षताको मोडालिटी, मोर्चाको आगामी नीति तथा कार्यक्रम र आचारसंहिता बनाउने छ । नेकपा एकीकृत समाजवादी पार्टीका उपाध्यक्ष रमेश हमाल, नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ, जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठ र नेकपा नेता खड्गबहादुर विश्वकर्मा कार्यदलका सदस्य रहेका छन् ।

कार्यदलले मोर्चाको आगामी नीति र आचारसंहिता तय गर्ने नेकपा एसका उपाध्यक्ष राजेन्द्र पाण्डेले बताए । उनले मोर्चाको अर्काे बैठकले अध्यक्षताका सन्दर्भमा मोडालिटी नबनाउँदासम्म नेकपा एकीकृत सामजवादीका अध्यक्ष माधव नेपालले बैठकको अध्यक्षता गर्ने बताए ।

मोर्चा गठन भएको २३ दिनपछि बसेको बैठकले सातै प्रदेशमा कार्यक्रम गर्ने भएको छ । २७ गते कार्यक्रमको मिति घोषणा हुने पाण्डेले बताए । यस्तै हरेक ६ महिनामा मोर्चाको अध्यक्ष एकजनाले गर्ने विषयमा पनि छलफल भएको छ । ६–६ महिनामा अध्यक्ष गर्ने व्यक्ति परिवर्तन हुने नीति २७ गतेको बैठकले तय गर्ने उनले बताएका छन् ।

Published Date: 08 July 2023


ताजा
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ
इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु