समाजवादी मोर्चा संयोजनको जिम्मा माधव नेपाललाई, चार सदस्यीय कार्यदल गठन

समाजवादी मोर्चा संयोजनको जिम्मा माधव नेपाललाई, चार सदस्यीय कार्यदल गठन : Icon Khabar

काठमाडौं, असार २३ । समाजवादी मोर्चा नेपालको आगामी नीति र आचारसंहिता बनाउनका लागि चार सदस्यीय कार्यदल गठन भएको छ । कार्यदलले बैठकको अध्यक्षताको मोडालिटी, मोर्चाको आगामी नीति तथा कार्यक्रम र आचारसंहिता बनाउने छ । नेकपा एकीकृत समाजवादी पार्टीका उपाध्यक्ष रमेश हमाल, नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ, जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठ र नेकपा नेता खड्गबहादुर विश्वकर्मा कार्यदलका सदस्य रहेका छन् ।

कार्यदलले मोर्चाको आगामी नीति र आचारसंहिता तय गर्ने नेकपा एसका उपाध्यक्ष राजेन्द्र पाण्डेले बताए । उनले मोर्चाको अर्काे बैठकले अध्यक्षताका सन्दर्भमा मोडालिटी नबनाउँदासम्म नेकपा एकीकृत सामजवादीका अध्यक्ष माधव नेपालले बैठकको अध्यक्षता गर्ने बताए ।

मोर्चा गठन भएको २३ दिनपछि बसेको बैठकले सातै प्रदेशमा कार्यक्रम गर्ने भएको छ । २७ गते कार्यक्रमको मिति घोषणा हुने पाण्डेले बताए । यस्तै हरेक ६ महिनामा मोर्चाको अध्यक्ष एकजनाले गर्ने विषयमा पनि छलफल भएको छ । ६–६ महिनामा अध्यक्ष गर्ने व्यक्ति परिवर्तन हुने नीति २७ गतेको बैठकले तय गर्ने उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 08 July 2023
Website | + posts




ताजा
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)
भक्तपुरमै फरक–फरक मितिमा म्हःपूजा र किजा पूजा मनाइने


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने