उपाधि दाबेदार आर्मीको विजयी सुरुवात

उपाधि दाबेदार आर्मीको विजयी सुरुवात : Icon Khabar

काठमाडौं, असार २३ । उपाधि दाबेदार त्रिभुवन आर्मी क्लबले सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिग प्रतियोगिता पहिलो खेलमा सैलुङ बागडुङ्गा स्पोर्ट्स क्लबलाई सोझो सोटमा पराजित गर्दै विजयी सुरुवात गरेको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको पुरुषतर्फ पहिलो खेलमा आर्मीले सैलुङलाई २५-८, २५-१३ र २५-१७ ले पराजित गरेको हो । पहिलो सेट आर्मीले एकपक्षीय जित हात पार्यो ।

दोस्रो सेटमा सैलुङले केहि आशा देखाएको थियो । सैलुङका नविन महतोले तीन उत्कृष्ट स्पाइकमा अंक दिलाएका थिए । तेस्रो सेटमा भने आर्मीले आफ्ना पहिलो रोजाईका खेलाडीलाई विश्राम दिएको थियो । बेन्चमा भएका खेलाडीलाई पुरै सेट खेलाएकोे थियो

आजनै भएको महिलातर्फ पहिलो खेलमा नेपाल पुलिस क्लबले गण्डकी प्रदेशलाई २५–१०, २५–१०, २५–११ ले पराजित गर्दै विजयी सुरुवात गरेको छ । पुरुषतर्फ प्रतियोगितामा टिप टम हेल्प नेपाल स्पोर्ट्स क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ क्लब, नेपाल पुलिस क्लब, गण्डकी प्रदेश, दावली मिलन क्लब र सैलुङ बागढुङ्गा स्पोर्ट्स क्लब छन् ।

महिलातर्फ नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, होङ्गान्जी न्यू डायमण्ड स्पोर्ट्स क्लब, नेपाल एपिएफ क्लब, गण्डकी प्रदेश र एभरेष्ट भलिबल टेक्निकल सेन्टर छन् । महिला र पुरुष दुवैतर्फको शीर्ष दुई टोली फाइनल खेल्नेछन् ।

दिनको तेस्रो खेलमा दिउँसो १२ बजे नेपाल पुलिस क्लब र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । गण्डकी यस पटक तीन भारतीय खेलाडीका साथ आएको छ । दिनको अन्तिम खेलमा आज दिउँसो २ बजे एपिएफ र दावालीबीच प्रतिस्पर्धा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 08 July 2023
Website | + posts