उपाधि दाबेदार आर्मीको विजयी सुरुवात

उपाधि दाबेदार आर्मीको विजयी सुरुवात : Icon Khabar

काठमाडौं, असार २३ । उपाधि दाबेदार त्रिभुवन आर्मी क्लबले सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिग प्रतियोगिता पहिलो खेलमा सैलुङ बागडुङ्गा स्पोर्ट्स क्लबलाई सोझो सोटमा पराजित गर्दै विजयी सुरुवात गरेको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको पुरुषतर्फ पहिलो खेलमा आर्मीले सैलुङलाई २५-८, २५-१३ र २५-१७ ले पराजित गरेको हो । पहिलो सेट आर्मीले एकपक्षीय जित हात पार्यो ।

दोस्रो सेटमा सैलुङले केहि आशा देखाएको थियो । सैलुङका नविन महतोले तीन उत्कृष्ट स्पाइकमा अंक दिलाएका थिए । तेस्रो सेटमा भने आर्मीले आफ्ना पहिलो रोजाईका खेलाडीलाई विश्राम दिएको थियो । बेन्चमा भएका खेलाडीलाई पुरै सेट खेलाएकोे थियो

आजनै भएको महिलातर्फ पहिलो खेलमा नेपाल पुलिस क्लबले गण्डकी प्रदेशलाई २५–१०, २५–१०, २५–११ ले पराजित गर्दै विजयी सुरुवात गरेको छ । पुरुषतर्फ प्रतियोगितामा टिप टम हेल्प नेपाल स्पोर्ट्स क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ क्लब, नेपाल पुलिस क्लब, गण्डकी प्रदेश, दावली मिलन क्लब र सैलुङ बागढुङ्गा स्पोर्ट्स क्लब छन् ।

महिलातर्फ नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, होङ्गान्जी न्यू डायमण्ड स्पोर्ट्स क्लब, नेपाल एपिएफ क्लब, गण्डकी प्रदेश र एभरेष्ट भलिबल टेक्निकल सेन्टर छन् । महिला र पुरुष दुवैतर्फको शीर्ष दुई टोली फाइनल खेल्नेछन् ।

दिनको तेस्रो खेलमा दिउँसो १२ बजे नेपाल पुलिस क्लब र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । गण्डकी यस पटक तीन भारतीय खेलाडीका साथ आएको छ । दिनको अन्तिम खेलमा आज दिउँसो २ बजे एपिएफ र दावालीबीच प्रतिस्पर्धा हुनेछ ।

Published Date: 08 July 2023


ताजा
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु