शुक्रबार सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढ्यो

शुक्रबार सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढ्यो : Icon Khabar

काठमाडौं, असार १५ । सुनको मूल्य शुक्रबार प्रतितोला २०० रुपैयाँले बढेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोल २०० रुपैयाँले बढेर १ लाख ९ हजार ६०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ९ हजार १०० रुपैयाँ निर्धारण भएको छ । यसअघि बिहीबार सुनको मूल्य १ लाख ९ हजार ४०० रुपैयाँ कायम भएको थियो ।

यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ८ हजार ९०० रुपैयाँ निर्धारण भएको थियो । यता, शुक्रबार चाँदीको भाउ भने तोलामा १० रुपैयाँले घटेर १३ सय ६० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको भाउ प्रतितोला १३ सय ७० रुपैयाँ रहेको थियो ।

Published Date: 30 June 2023


ताजा
जनैपूर्णिमा मेला लक्षित गोसाइँकुण्डमा तयारी तीव्र, ११ उपसमिति परिचालनदेखि निःशुल्क उद्धारसम्मको व्यवस्था
भक्तपुरमा आज गाथामाग चःर्‍हे मनाइँदै
अण्डाको मूल्य फेरी बढ्यो
सुनको मूल्य तोलामा ६ हजार ४ सयले बढ्यो, चाँदी पनि महँगियो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु