बिहीबार सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले घट्यो

बिहीबार सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले घट्यो : Icon Khabar

काठमाडौं, असार १४ । सुनको मूल्य बिहीबार प्रतितोला ६०० रुपैयाँले घटेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोल ६०० रुपैयाँले घटेर १ लाख ९ हजार ४०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ८ हजार ९०० रुपैयाँ निर्धारण भएको छ । बुधबार पनि सुनको भाउ प्रतितोला ६०० रुपैयाँले घटेको थियो । यसअघि बुधबार पनि सुनको मूल्य १ लाख १० हजार रुपैयाँ कायम भएको थियो ।

यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ९ हजार ५०० रुपैयाँ निर्धारण भएको थियो । यता, बिहीबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर १३ सय ७० रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको भाउ प्रतितोला १३ सय ७५ रुपैयाँ रहेको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १ हजार ९०५.९७ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔंस २२.७८ डलरमा कारोबार भइरहेको छ ।

Published Date: 29 June 2023
ताजा
२०४८ सालदेखि सार्वजनिक पदमा रहेका नेता तथा उच्चपदस्थ कर्मचारीहरूको सम्पत्ति छानबिन गर्ने
सरकारले प्रमुख खाद्यान्न बालीको न्यूनतम समर्थन मूल्य ३० दिनभित्र निर्धारण गर्ने
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
काम गर्न नसके राजीनामा दिनू: प्रधानमन्त्री बालेन शाह


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता