बिहीबार सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले घट्यो

बिहीबार सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले घट्यो : Icon Khabar

काठमाडौं, असार १४ । सुनको मूल्य बिहीबार प्रतितोला ६०० रुपैयाँले घटेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोल ६०० रुपैयाँले घटेर १ लाख ९ हजार ४०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ८ हजार ९०० रुपैयाँ निर्धारण भएको छ । बुधबार पनि सुनको भाउ प्रतितोला ६०० रुपैयाँले घटेको थियो । यसअघि बुधबार पनि सुनको मूल्य १ लाख १० हजार रुपैयाँ कायम भएको थियो ।

यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ९ हजार ५०० रुपैयाँ निर्धारण भएको थियो । यता, बिहीबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर १३ सय ७० रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको भाउ प्रतितोला १३ सय ७५ रुपैयाँ रहेको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १ हजार ९०५.९७ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔंस २२.७८ डलरमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 29 June 2023
Website | + posts






ताजा
नेपाल ग्रे लिस्टबाट बाहिरिन सरकारले कडा र ठोस कदम चालेको छ: उपप्रधानमन्त्री पौडेल
मंगलबार नेप्से परिसूचक ४१.७८ अंकले घट्यो
म्याग्दी केन्द्रबिन्दु बनाएर ४.५ रेक्टर स्केलको भूकम्प
भारतीय म्युजिक कम्पनी टी-सिरिज बन्यो ३० करोड सब्सक्राइबर पुर्‍याउने दोस्रो च्यानल




ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू
भक्तपुरको जगातीमा ५० हजार क्षमताको रंगशाला निर्माणका लागि प्रधानमन्त्रीले गरे छलफल
खानेपानीमन्त्री यादवद्धारा राति छड्के अनुगमन तथा निरीक्षण