बुधबार ‘एप्पल’ कम्पनीको सेयर मूल्य हालसम्मकै उच्च

बुधबार ‘एप्पल’ कम्पनीको सेयर मूल्य हालसम्मकै उच्च : Icon Khabar

काठमाडौं, असार १४ । अमरिकी प्रविधि कम्पनी ‘एप्पल’ को सेयर मूल्य बुधबार हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।

आइफोन निर्माता कम्पनीको मूल्य बुधबार ०.६% ले बढेर १८९.२५ डलरको रेकर्ड विन्दुमा बन्द भएको हो । एप्पलको सेयर मूल्य लगातार दोस्रो दिन रेकर्ड विन्दुमा बन्द भएको हो । यससँगै, कम्पनीको सेयर बजार पुँजीकरण पनि ३० खर्ब डलर नजिक पुगेको छ ।

रोयटर्सका अनुसार एप्पलको बजार पुँजीकरण बुधबार २९ खर्ब ८० अर्ब डलर भन्दा बढी कायम भएको छ । यसअघि सन् २०२२ को जनवरी ३ मा एप्पलको सेयर बजार पुँजीकरणले इन्ट्रा डे कारोबारमा ३० खर्ब डलर छोएको थियो ।

यद्दपि, हालसम्म ३० खर्ब डलर भन्दा माथिको बजार पुँजीकरणमा कारोबार बन्द भने हुनसकेको छैन ।एप्पल विश्वको सबैभन्दा मूल्यवान कम्पनी हो । पछिल्लो समय वाल स्ट्रीटका अन्य प्रविधि कम्पनीहरुसँगै एप्पलको सेयर भाउमा पनि वृद्धि भइरहेको छ ।

विशेषगरी, फेडरल रिजर्भ ब्याजदर वृद्धि अभियानको अन्त्य नजिकै रहेको अनुमान र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को सम्भावनामा लगानीकर्ता आशावादी रहँदा सेयर भाउमा उछाल आएको छ । सन् २०२३ को हालसम्म एप्पलको सेयर भाउ ४६% ले बढिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 29 June 2023
Website | + posts


ताजा
सामाजिक सञ्जालमा चल्यो नयाँ ‘ट्रेन्ड’: डियर बालेन टेक लिड नाउ अर नेभर
जेन-जीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा अहिलेसम्म १९ जनाको मृत्यु
लोकेश्वर साकोसमा आधारभूत बाँसुरी बाजा प्रशिक्षण शुभारम्भ
ललितपुरमा प्रजिअको आदेश अनुसार सभा, जुलुस, भेला, धर्ना गर्न निषेध


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
मंगलबार सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले घट्यो
भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु