बुधबार ‘एप्पल’ कम्पनीको सेयर मूल्य हालसम्मकै उच्च

बुधबार ‘एप्पल’ कम्पनीको सेयर मूल्य हालसम्मकै उच्च : Icon Khabar

काठमाडौं, असार १४ । अमरिकी प्रविधि कम्पनी ‘एप्पल’ को सेयर मूल्य बुधबार हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।

आइफोन निर्माता कम्पनीको मूल्य बुधबार ०.६% ले बढेर १८९.२५ डलरको रेकर्ड विन्दुमा बन्द भएको हो । एप्पलको सेयर मूल्य लगातार दोस्रो दिन रेकर्ड विन्दुमा बन्द भएको हो । यससँगै, कम्पनीको सेयर बजार पुँजीकरण पनि ३० खर्ब डलर नजिक पुगेको छ ।

रोयटर्सका अनुसार एप्पलको बजार पुँजीकरण बुधबार २९ खर्ब ८० अर्ब डलर भन्दा बढी कायम भएको छ । यसअघि सन् २०२२ को जनवरी ३ मा एप्पलको सेयर बजार पुँजीकरणले इन्ट्रा डे कारोबारमा ३० खर्ब डलर छोएको थियो ।

यद्दपि, हालसम्म ३० खर्ब डलर भन्दा माथिको बजार पुँजीकरणमा कारोबार बन्द भने हुनसकेको छैन ।एप्पल विश्वको सबैभन्दा मूल्यवान कम्पनी हो । पछिल्लो समय वाल स्ट्रीटका अन्य प्रविधि कम्पनीहरुसँगै एप्पलको सेयर भाउमा पनि वृद्धि भइरहेको छ ।

विशेषगरी, फेडरल रिजर्भ ब्याजदर वृद्धि अभियानको अन्त्य नजिकै रहेको अनुमान र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को सम्भावनामा लगानीकर्ता आशावादी रहँदा सेयर भाउमा उछाल आएको छ । सन् २०२३ को हालसम्म एप्पलको सेयर भाउ ४६% ले बढिसकेको छ ।

Published Date: 29 June 2023
ताजा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
काम गर्न नसके राजीनामा दिनू: प्रधानमन्त्री बालेन शाह
अविरल बर्षाका कारण काभ्रेको रोशी खोलामा आएको बाढीमा परि फसे ७ जना व्यक्तिहरू
“नेटिभ पर्यटकसँगको यात्रा” : भक्तपुरलाई नजिकबाट चिनाउने विशेष हेरिटेज वाक भोलि हुँदै


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता