मध्यपुर थिमिमा वृत्ति मार्ग निर्देशन तथा रोजगार मेला आयोजना हुने

मध्यपुर थिमिमा वृत्ति मार्ग निर्देशन तथा रोजगार मेला आयोजना हुने : Icon Khabar

भक्तपुर, असार १४ । मध्यपुर थिमि नगरपालिकाले वृत्ति मार्ग निर्देशन तथा रोजगार मेला आयोजना गर्ने भएको छ । विद्यार्थी र बेरोजगार युवा लाभान्वित हुने गरी यहि असार १६ गते शनिवार मेला आयोजना गर्न लागेको हो।

बुधवार नगरपालिकाद्वारा आयोजित पत्रकार सम्मेलनमा नगर प्रमुख सुरेन्द्र श्रेष्ठले विद्यार्थी र युवा वर्गलाई लक्षित गरी मेला आयोजना गर्न लागिएको बताए । उक्त मेला सानोठिमीस्थित आदर्श माविको प्रांगणमा शनिवार बिहान ९ बजे देखि साँझ ५ बजेसम्म चल्ने बताइएको छ ।

उक्त अवसरमा एकै थलोमा विद्यार्थी र वृत्ति बिकासका विज्ञहरुबीच मन्थन हुने र विद्यार्थीहरुले प्राप्त गर्ने सही सुझाव, सल्लाह र अवसरले वृत्ति विकासमा सहयोग पुग्ने नगर प्रमुख श्रेष्ठले बिश्वास व्यक्त गरे ।

नगरपालिकाका उपप्रमुख विजय कृष्ण श्रेष्ठले शिक्षा, स्वास्थ्य र रोजगारीलाई केन्द्रमा राखी नगरपालिकाले कामहरु गरिरहेको जिकिर गर्दै वृत्ति मार्गनिर्देशन र रोजगार मेला त्यसैको एक कडी भएको बताए ।

मेलामा रोजगारी प्रदान गरिनुका साथै साथै वृत्ति परामर्श सेवा, विभिन्न तालिम प्रदायक संस्थाको सिपमूलक, व्यवसायिक र स्वरोजगारमूलक तालिमबारे जानकारी र अवसर दिईने मेला व्यवस्थापन समितिका संयोजक एवं नगर प्रवक्ता कृष्ण हरि आचार्यले जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 29 June 2023
Website | + posts




ताजा
जेनजी प्रदर्शन : पहिचान हुन सकेन १३ जनाको शव
नेपालको भारत र चीनसँग मात्रै ३ खर्ब बढिको व्यापारघाटा
बुधबार बिहानसम्म हिमाली भू–भागमा हिमपात तथा वर्षाको सम्भावना
देशभर छ हजारभन्दा बढिमा डेङ्गु सङ्क्रमण पुष्टि


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने