हिमालयमा बास्केटबल र फुटसल भोलिदेखि

हिमालयमा बास्केटबल र फुटसल भोलिदेखि : Icon Khabar

काठमाडौं, असार १३ । हिमालय कलेजको आयोजनामा प्रथम हिमालय एसइइ बास्केटबल तथा फुटसल प्रतियोगिता बिहीबारदेखि हुने भएको छ ।

बास्केटबलतर्फ ब्वाइजमा ५० तथा गल्र्समा १६ गरी ६६ टिमको सहभागिता रहने हिमालयका प्रमुख कार्यकारी अधिकृत नरेन्द्रबहादुर अधिकारीले जनाएका छन् । खेल नकआउट आधारमा हुनेछ ।

नकआउट पद्धतिमै हुने फुटसलमा ८ ब्वाइज टिमले प्रतिस्पर्धा गर्ने छन् । खेल कोटेश्वरस्थित आयोजक हिमालयकै हातामा हुनेछ ।

दुवै खेलमा पहिलो हुने १० हजार तथा दोश्रोले ५ हजार नगद पुरस्कारका साथै छात्रवृत्ति प्राप्त गर्ने छन् । पहिलो र दोश्रो हुने टिमका सदस्यलाई ७५ प्रतिशत छात्रवृत्ति दिइने छ । सहभागी टिमका प्रत्येक सदस्यलाई पनि ५० प्रतिशत छात्रवृत्ति प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिता शुक्रबारसम्म चल्ने छ ।

Published Date: 28 June 2023
ताजा
नेपालको पर्यटन क्षेत्रमा नयाँ संकटमा, बुकिङहरू धमाधम रद्द
बेटिङ एप २४ घण्टाभित्र बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई सरकारको पत्राचार
आइतबार सुनको भाउ तोलामा ५ हजार रुपैयाँले बढ्यो
सहकारीका साना बचतकर्ताको बचत फिर्ता सय दिनभित्रै थाल्ने सरकारको घोषणा


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता