फोनपेले आफ्नो नेट्वोर्कमा नमस्तेपेलाई गर्यो आबद्द

फोनपेले आफ्नो नेट्वोर्कमा नमस्तेपेलाई गर्यो आबद्द : Icon Khabar

काठमाडौं, असार १३ । नेपालको अग्रणी भुक्तानी नेटवर्क फोनपे र नेपालको पहिलो सरकारी स्वामित्वको डिजिटल पेमेन्टवालेट ‘नमस्तेपे’ बीच फोनपे क्यु-आर भुक्तानी नेटवर्कमा आबद्ध हुन सम्झौता हस्ताक्षर भएको छ ।

फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमार सापकोटा र नमस्तेपेका प्रमुख कार्यकारी अधिकृत प्रविणराज पोखरेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । कार्यक्रममा फोनपे र नमस्तेपेका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो । उक्त सम्झौतासँगै, सबै नमस्तेपे प्रयोगकर्ताहरूले नेपालभरका १२ लाखभन्दा बढी फोन पेमर्चेन्टहरूमा फोनपे नेटवर्क मार्फत छिटो, सुरक्षित र सजिलो रूपमा क्यु-आर भुक्तानी गर्न सक्छन् ।

सम्झौता हस्ताक्षरपछि कार्यक्रममा बोल्दै फोनपेका प्रमुख कार्यकारीअधिकृत दिवस कुमार सापकोटाले भने, “फोनपेको नेटवर्कमा नमस्तेपेलाई आधिकारिक रूपमा स्वागत गर्न पाउँदा हामी खुसीछौँ । अब नमस्तेपे प्रयोगकर्ताहरूले फोनपे क्यु-आर मार्फत पनि भुक्तानी गर्न सक्छन् । हामी विश्वस्त छौँ कि नमस्तेपेसँगको सहकार्यले डिजिटल भुक्तानीलाई नेपालमा प्रवर्द्धन गर्न थप मद्दत गर्नेछ ।”

उनले प्रयोगकर्ताहरूलाई व्यापक र सुविधा जनक डिजिटल भुक्तानी अनुभव प्रदान गर्ने हाम्रो भिजनमा यो साझेदारी महत्वपूर्ण रहेको बताए । नमस्तेपेसँगको साझेदारीले, हाम्रा ग्राहकहरूलाई अझै बढी भुक्तानी विकल्पहरू मिलेको छ भने हाम्रो समावेशी वित्ती प्रणालीमा थप बढावा पुगेको समेत बताए ।

त्यसैगरी सम्झौतामा खुसी व्यक्त गर्दै नमस्तेपेका प्रमुख कार्यकारी अधिकृत प्रविणराज पोखरेलले भने, “फोन पे नेटवर्कलाई हाम्रो भुक्तानी प्रणालीमा समेटी हाम्रा प्रयोगकर्ताहरूलाई १२ लाख भन्दा बढी मर्चेन्टहरूमा भुक्तानी गर्ने सेवा दिन पाउँदा हामी निकै उत्साहित छौँ । हामी हाम्रा ग्राहकहरूलाई विभिन्न सुविधाहरु प्रदान गर्दै डिजिटल अनुभव सरल बनाउन सँधै प्रयासरत छौँ । यो सहकार्यले हाम्रा मूल्यवान ग्राहकहरूलाई निर्बाध, सुरक्षित र सुविधा जनक कारोबार र सरल भुक्तानी अनुभव सुनिश्चित गर्दछ ।”

फोनपेको बारे

फोनपे एक भुक्तानी प्रणाली अपरेटर हो जसले अन्तर-बैंक व्यक्ति -देखि – व्यक्ति (पर्सन टु पर्सन: पिटुपि) र व्यक्ति – देखि – व्यवसायी (पर्सन टु मर्चेन्ट: पिटुएम) लेनदेनहरू यसको इन्टर अपरेबल नेटवर्क र मोबाइल प्लेटफर्महरू मार्फत सुविधा दिन्छ । फोनपे, नेपाल राष्ट्र बैंकद्वारा भुक्तानी प्रणाली सञ्चालक (पेमेन्ट सर्भिसअपरेटर: पिएस् ओ) को रूपमा इजाजतपत्र प्राप्त गर्ने पहिलो मोबाइल भुक्तानी नेटवर्क हो र हाल पनि राष्ट्र बैंकद्वारा नियमन गरिँदैआएको छ । ‘पिसिआइडिएस्एस्’ प्रमाणीकरण प्राप्त गर्ने फोनपे, नेपालको पहिलो गैर-कार्ड-आधारित ‘पिएस् ओ’ पनि हो।

फोनपे एफ वान सफ्ट ग्रुपको सहायक कम्पनी हो । नेपालमा आइएस ओ २७००१ : २०१३ प्रमाणित भुक्तानी सेवा सञ्चालकको रूपमा, फोनपेले बैंक र वालेट ग्राहकहरू साथै व्यवसायहरूलाई छिटो, सुरक्षित र भरपर्दो डिजिटल नगद रहित भुक्तानी सेवाहरू दिँदै नगद रहित अर्थतन्त्रमा योगदान गरिरहेको छ । फोनपे, भुक्तानी प्रणालीको पहुँचलाई फराकिलो बनाउन प्रविधिको प्रयोग मार्फत मोबाइल भुक्तानी नेटवर्कमा आविष्कारहरू ल्याउनमा केन्द्रित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 28 June 2023
Website | + posts