१९ औं एसियाली खेलकुदका लागि चार भारोत्तोलन खेलाडी छनोट

१९ औं एसियाली खेलकुदका लागि चार भारोत्तोलन खेलाडी छनोट : Icon Khabar

काठमाडौं, असार १३ । चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदका लागि ४ खेलाडी छनोट भएका छन् । अन्तिम छनोट प्रतियोगिताबाट समान २–२ पुरुष/महिला गरी ४ खेलाडी छनोट भएको नेपाल भारोत्तोलन संघका अध्यक्ष राम श्रेष्ठले जनाएका छन् ।

पुरुष ८१ केजीमा कञ्चनपुरका विकास भट्ट तथा ९६ केजीमा नेपाल प्रहरीका विशालसिंह विष्ट छनोट भए । महिला ५५ केजीमा प्रहरीकी टीकामाया गुरुङ र ६४ केजीमा नेपाल आर्मीकी शारदा चौधरी छानिए । एसियाली खेलकुद असोज ६ गतेदेखि सुरु हुँदैछ ।

Published Date: 28 June 2023
ताजा
नेपालको पर्यटन क्षेत्रमा नयाँ संकटमा, बुकिङहरू धमाधम रद्द
बेटिङ एप २४ घण्टाभित्र बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई सरकारको पत्राचार
आइतबार सुनको भाउ तोलामा ५ हजार रुपैयाँले बढ्यो
सहकारीका साना बचतकर्ताको बचत फिर्ता सय दिनभित्रै थाल्ने सरकारको घोषणा


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता