बुधबार नेप्से परिसूचक ३५.३७ अंकले घट्यो

बुधबार नेप्से परिसूचक ३५.३७ अंकले घट्यो : Icon Khabar

काठमाडौँ, असार १३ । बुधबार नेप्से परिसूचक ३५.३७ अंक घटेर २१५०.९९ विन्दुमा झरेको छ।

आज २८० स्टकको ८२ हजार ३५९ पटकको कारोबारमा ५ अर्ब ९७ करोड २२ लाख ८६ हजार रुपैयाँ बराबरको १ करोड ३३ लाख ४२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये आज जीवन बीमा उपसमूहको परिसूचकबाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ। आज जीवन बीमा उपसमूहको परिसूचक २.४६ प्रतिशत बढेको छ। कारोबारमा आएको अन्य उपसमूहको परिसूचक यस दिन सर्वाधिक ३.२१ प्रतिशत घटेको छ।

त्यसैगरी, विकास बैंक, वित्त, होटल तथा पर्यटन, लघुवित्त र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ।

Published Date: 28 June 2023
ताजा
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक
बीपी कोइरालाको ४३औं स्मृति दिवस आज: वैचारिक अवसान र आन्तरिक विवादको घेरामा कांग्रेस
आज बुधबारको राशिफल
बझाङ केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प, बैतडीसम्म धक्का महसुस


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय