बालुवाटारस्थित ललिता निवासको १४३ रोपनी जग्गा अवैध रुपमा नामसारी

बालुवाटारस्थित ललिता निवासको १४३ रोपनी जग्गा अवैध रुपमा नामसारी : Icon Khabar

काठमाडौं, असार १३ । बालुवाटारस्थित ललिता निवासको १४३ रोपनी जग्गा विभिन्न समयमा व्यक्तिको नाममा नामसारी भएको पाइएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले बुधबार पत्रकार सम्मेलन गरी घटनामा संलग्न चारै जनालाई मंगलबार सार्वजनिक गरेको हो ।

सीआईबीले हिजो घोटालामा संलग्न रहेको आरोपमा सात जनालाई पक्राउ गरेको छ । तर, यसअघि अदालतबाट अन्तरिम आदेश पाएका तीन जनालाई प्रहरीले रिहा गरेको थियो । जसमा सुरेन्द्रमान कपाली, कलाधर देउजा र हुपेन्द्रमणि केसी रहेका छन् ।

काठमाडौं महानगरपालिका–६ का ६९ वर्षीय मीनबहादुर गुरुङ, काठमाडौं महानगरपालिका–७ रातोपुलका ८० वर्षीय धर्मप्रसाद गौतम, चन्द्रागिरि नगरपालिका–३ का ६० वर्षीय गोपाल कार्की र काठमाडौं महानगरपालिका–४ का ६८ वर्षीय सुधीर शाह छन् । आज सार्वजनिक गरिनेछ।

नेपाल सरकारको नाममा दर्ता भएको ललिता निवासको जग्गा तत्कालीन राजाको सरकारले अधिग्रहण गरेको समरजुङ कम्पनीको जग्गा हिनामिना प्रकरणमा अनुसन्धानका क्रममा उनीहरुलाई पक्राउ गरिएको ब्यूरोका एसएसपी दिनेश आचार्यले जानकारी दिए ।

‘राणा परिवारलाई जग्गा फिर्ता गराउने नाममा नक्कली मोही र गुठी (ट्रष्ट) बनाएर जग्गा हिनामिना गरेको पाइएको छ,’ उनले भने, ‘सरकारको कुनै मोही वा गुठी छैन ।
सरकारी वकिलको कार्यालयबाट फाइल फिर्ता भएपछि ब्यूरोले अनुसन्धानमा कडाइ गरिएको हो।

Published Date: 28 June 2023
ताजा
नेपालको पर्यटन क्षेत्रमा नयाँ संकटमा, बुकिङहरू धमाधम रद्द
बेटिङ एप २४ घण्टाभित्र बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई सरकारको पत्राचार
आइतबार सुनको भाउ तोलामा ५ हजार रुपैयाँले बढ्यो
सहकारीका साना बचतकर्ताको बचत फिर्ता सय दिनभित्रै थाल्ने सरकारको घोषणा


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता