अब युट्युब च्यानल मनिटाइज गर्न ५०० सब्सक्राइबर भए पुग्ने

अब युट्युब च्यानल मनिटाइज गर्न ५०० सब्सक्राइबर भए पुग्ने : Icon Khabar

काठमाडौँ, असार ११ । युट्युबले पार्टनर प्रोग्राम (वाईपीपी)अन्तर्गत मनिटाइज गर्ने प्रक्रिया झनै सहज बनाएको छ ।

गुगलको स्वामित्वमा रहेको कम्पनीले पार्टनर प्रोग्रामका लागि अर्थात् च्यानल मनिटाइज गरेर आम्दानी गर्नका लागि चाहिने नयाँ प्रावधान सार्वजनिक गरेको हो । साना क्रियटरहरूलाई ध्यानमा राख्दै युट्युबले मनिटाइजेसन पोलिसी अर्थात् च्यानल मनिटाइज गर्ने नियमहरूमा केही परिवर्तन ल्याएको छ ।

कम्पनीले साना क्रिएटरलाई मध्यनजर गर्दै च्यानल मनिटाइज गर्ने नियमलाई केही खुकुलो बनाएको जनाएको छ । अब नयाँ नियमअनुसार च्यानल मनिटाइजेसनका लागि ५०० सब्सक्राइबर भए पुग्नेछ । यस अघि युटट्युव मनिटाइजेसनका लागि १००० सब्सक्राइबर अनिवार्य थियो ।

यति मात्र होइन च्यानलको वाच आवर पनि घटेको छ । पहिले ४००० भएकोमा अहिले घटाएर ३००० मात्र बनाइएको छ । यसका साथै च्यानलको वाच आवर (भिडिओ हेरेको समय) पनि ४ हजारबाट घटाएर ३००० बनाइएको छ । साथै शर्टस भ्युजको हकमा पनि एक करोड भ्युजबाट ३० लाखमा झारिएको छ । यसले साना क्रियटरलाई आफ्नो च्यानल मनिटाइज गर्नका लागि सहज हुने कम्पनीको विश्वास छ ।

यो नियम सुरुमा अमेरिका, बेलायत, क्यानडा, ताइवान र दक्षिण कोरियामा लागू हुनेछ । त्यसपछि अन्य देशमा पनि लागू हुने कम्पनीले जनाएको छ ।

Published Date: 26 June 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी