अब युट्युब च्यानल मनिटाइज गर्न ५०० सब्सक्राइबर भए पुग्ने

अब युट्युब च्यानल मनिटाइज गर्न ५०० सब्सक्राइबर भए पुग्ने : Icon Khabar

काठमाडौँ, असार ११ । युट्युबले पार्टनर प्रोग्राम (वाईपीपी)अन्तर्गत मनिटाइज गर्ने प्रक्रिया झनै सहज बनाएको छ ।

गुगलको स्वामित्वमा रहेको कम्पनीले पार्टनर प्रोग्रामका लागि अर्थात् च्यानल मनिटाइज गरेर आम्दानी गर्नका लागि चाहिने नयाँ प्रावधान सार्वजनिक गरेको हो । साना क्रियटरहरूलाई ध्यानमा राख्दै युट्युबले मनिटाइजेसन पोलिसी अर्थात् च्यानल मनिटाइज गर्ने नियमहरूमा केही परिवर्तन ल्याएको छ ।

कम्पनीले साना क्रिएटरलाई मध्यनजर गर्दै च्यानल मनिटाइज गर्ने नियमलाई केही खुकुलो बनाएको जनाएको छ । अब नयाँ नियमअनुसार च्यानल मनिटाइजेसनका लागि ५०० सब्सक्राइबर भए पुग्नेछ । यस अघि युटट्युव मनिटाइजेसनका लागि १००० सब्सक्राइबर अनिवार्य थियो ।

यति मात्र होइन च्यानलको वाच आवर पनि घटेको छ । पहिले ४००० भएकोमा अहिले घटाएर ३००० मात्र बनाइएको छ । यसका साथै च्यानलको वाच आवर (भिडिओ हेरेको समय) पनि ४ हजारबाट घटाएर ३००० बनाइएको छ । साथै शर्टस भ्युजको हकमा पनि एक करोड भ्युजबाट ३० लाखमा झारिएको छ । यसले साना क्रियटरलाई आफ्नो च्यानल मनिटाइज गर्नका लागि सहज हुने कम्पनीको विश्वास छ ।

यो नियम सुरुमा अमेरिका, बेलायत, क्यानडा, ताइवान र दक्षिण कोरियामा लागू हुनेछ । त्यसपछि अन्य देशमा पनि लागू हुने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 26 June 2023
Website | + posts










ताजा
सोमबार नेप्से परिसूचक ३१.७८ अंकले बढ्यो
आइतबारसम्म मुलुकभर ७२.१४ प्रतिशत मात्र धान रोपाइँ, यो वर्ष धान उत्पादन घट्ने अनुमान
ट्रम्पले ओबामा पक्राउ परेको एआई भिडियो आफ्नो ट्रुथ सोसल खातामा पोस्ट गरेपछि…
भोटेकोशीमा आएको बाढीले पुर्‍याएको क्षतिले बीमा कम्पनीहरूमा पर्यो २८ करोड ९२ लाख रूपैयाँको दाबी










ट्रेन्डिङ
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट
सल्लाघारीको निकोल्सन कलेज/सेकेण्डरी स्कुलमा नयाँ शैक्षिक सत्रका लागि कक्षा ११ मा भर्ना खुला