नेपालमा वैदेशिक हस्तक्षेप झनै बढ्दै छ: सांसद प्रेम सुवाल

नेपालमा वैदेशिक हस्तक्षेप झनै बढ्दै छ: सांसद प्रेम सुवाल : Icon Khabar

काठमाडौं, असार ११ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले, नेपालमा वैदेशिक हस्तक्षेप झनै बढ्दै गएको बताएका छन्। सोमवार बसेको प्रतिनिधि सभाको बैठकमा उनले वैदेशिक मामलामा सबै जना थप सचेत हुन जरुरी रहेको बताए ।

उनले भने,”आम जनाता, राजनीतिक पार्टीका नेता, कार्यकर्ता, कर्मचारी, उद्योगी, व्यापारी थप सचेत संवेदनशिल हुन जरुरी छ । विदेशी गुप्तचर संस्थाका एक अधिकारिले सन १९९५ मा लेखेको पुस्तकमा गुप्तचर संस्थाको सहयोगमा नेपालको प्रधानमन्त्री भएको एउटा पार्टीले देश भरि नै आफ्नो प्रभाव बलियो पारिसकेको उल्लेख गरेका थिए ।”

उनले थपे,”तत्कालीन राजासंगको भेटमा पनि खाममा राखेर सहयोग गरेको सो पुस्तकमा उल्लेख छ । नेपालका एक वरिष्ठ पत्रकारले पनि आफ्नो पुस्तकमा प्रधानमन्त्री भएको उहि पार्टीले विदेशी राष्ट्रपतिसंग करोडौं रुपैया मागेर महाधिवेशन गरेको उल्लेख गरेका छन् । नेपालको गोप्य विषय विदेशी गुत्तचर संस्थालाई दिने जो सुकै होस एक दिन पोल खुल्नेछ त्यसतर्फ हामी सबै सचेत हुनुपर्छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 26 June 2023
Website | + posts






ताजा
१२ कक्षाको नतिजामा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण
भक्तपुरमा गाईजात्राका लागि तोकिएको समयभित्र तारहरु नहटाएमा नगरपालिका स्वयंले हटाउने
नेपालबाट सिमेन्टको निर्यात लगातार तेस्रो वर्ष पनि बढ्यो
सोमबार नेप्से परिसूचक ८.६२ अंकले बढ्यो




ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू
भक्तपुरको जगातीमा ५० हजार क्षमताको रंगशाला निर्माणका लागि प्रधानमन्त्रीले गरे छलफल
खानेपानीमन्त्री यादवद्धारा राति छड्के अनुगमन तथा निरीक्षण