क्रसफायर र इटालिका मोटो व्रान्डका वाइक खरिद गर्दा दुई वर्षको सडक कर नलाग्ने

क्रसफायर र इटालिका मोटो व्रान्डका वाइक खरिद गर्दा दुई वर्षको सडक कर नलाग्ने : Icon Khabar

काठमाडौँ, सार ११ । क्रसफायर र इटालिका मोटो व्रान्डका वाइक खरिद गर्दा दुई वर्षको सडक कर नलाग्ने स्किम आएको छ । यी वाइकको आधिकारिक वितरक क्लासिक ह्विल्स एक्सपोर्ट एन्ड इम्पोर्ट प्रालिले दुई आर्थिक वर्षको कर नलाग्ने स्किम ल्याएको हो ।

आर्थिक वर्ष २०७९/८० सकिनै लाग्दा आएको सो नयाँ स्किममा वाइक खरिद गर्दा ग्राहकले यो आर्थिक वर्ष र आगामी आर्थिक वर्षको ट्याक्समा छुट पाउने छन् । यी आर्थिक वर्षको कर कम्पनी आफैले तिरिदिने भएको हो ।

सो नयाँ स्किमसंगै कम्पनीले ‘उपहार मेला, नो झमेला’ क्याम्पियन समेत संचालन गर्दै आएको छ । सो क्याम्पियन अन्तर्गत वाइक खरिद गर्ने ग्राहकले किन्नुअघि, किन्नेवेला र किनेपछि वभिन्न उपहार तथा नगद छुट पाउनेछन् ।

क्रसफायरको सो स्किम देशभर रहेका सोरुममा लागु हुने कम्पनीले जनाएको छ । स्किम सवै मोडलका मोटरसाइकल र स्कुटरमा उपलब्ध हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 26 June 2023
Website | + posts




ताजा
अबदेखि अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरणको लागि शुल्क लाग्ने
राष्ट्रपति कार्यालयमा तोडफोड तथा लुटपाट गरेको आरोपमा तीन जना पक्राउ
काठमाडौँमा अतिक्रमित सार्वजनिक जग्गा र मापदण्ड विपरीतका संरचना हटाउन निर्देशन
शुक्रबार सुनको मूल्य प्रतितोला २ हजार ७ सय रुपैयाँले बढ्यो


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने