क्रसफायर र इटालिका मोटो व्रान्डका वाइक खरिद गर्दा दुई वर्षको सडक कर नलाग्ने

क्रसफायर र इटालिका मोटो व्रान्डका वाइक खरिद गर्दा दुई वर्षको सडक कर नलाग्ने : Icon Khabar

काठमाडौँ, सार ११ । क्रसफायर र इटालिका मोटो व्रान्डका वाइक खरिद गर्दा दुई वर्षको सडक कर नलाग्ने स्किम आएको छ । यी वाइकको आधिकारिक वितरक क्लासिक ह्विल्स एक्सपोर्ट एन्ड इम्पोर्ट प्रालिले दुई आर्थिक वर्षको कर नलाग्ने स्किम ल्याएको हो ।

आर्थिक वर्ष २०७९/८० सकिनै लाग्दा आएको सो नयाँ स्किममा वाइक खरिद गर्दा ग्राहकले यो आर्थिक वर्ष र आगामी आर्थिक वर्षको ट्याक्समा छुट पाउने छन् । यी आर्थिक वर्षको कर कम्पनी आफैले तिरिदिने भएको हो ।

सो नयाँ स्किमसंगै कम्पनीले ‘उपहार मेला, नो झमेला’ क्याम्पियन समेत संचालन गर्दै आएको छ । सो क्याम्पियन अन्तर्गत वाइक खरिद गर्ने ग्राहकले किन्नुअघि, किन्नेवेला र किनेपछि वभिन्न उपहार तथा नगद छुट पाउनेछन् ।

क्रसफायरको सो स्किम देशभर रहेका सोरुममा लागु हुने कम्पनीले जनाएको छ । स्किम सवै मोडलका मोटरसाइकल र स्कुटरमा उपलब्ध हुनेछ ।

Published Date: 26 June 2023






ताजा
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली
आज मंगलबारको राशिफल
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक
कर्णाली र सुदूरपश्चिमका हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान