राष्ट्रिय खुल्ला टेबलटेनिस १४ गतेदेखि हुने

राष्ट्रिय खुल्ला टेबलटेनिस १४ गतेदेखि हुने : Icon Khabar

काठमाडौं, असार ५  । अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा राष्ट्रिय खुल्ला टेबलटेनिस प्रतियोगिता असार १४ गतेदेखि हुने भएको छ ।

टेबलटेनिस खेलाडी सेलिशा खड्काको उपचारका लागि आर्थिक सहयोग संकलन गर्न प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक संघका प्रथम उपाध्यक्ष धर्ममान वज्राचार्यले जनाएका छन् । सेलिशा क्यान्सरबाट पीडित छिन् ।

प्रतियोगितामा पुरुष/महिला सिंगल्स, भेट्रान पुरुष ४० वर्षमाथि, ५० वर्षमाथि, ६० वर्षमाथि र भेट्रान महिला खुला सिंगल्स गरी ६ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । तीनदिने प्रतियोगिताका खेलहरु लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुनेछ ।

Published Date: 20 June 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग