नेपाली ट्रायथलन टोली जापानको गामागोरी प्रस्थान

नेपाली ट्रायथलन टोली जापानको गामागोरी प्रस्थान : Icon Khabar

काठमाडौं, असार ५  । एसियाली ट्रायथलन यु–२३ तथा जुनियर च्याम्पियनसिपमा सहभागी हुन ३ खेलाडीसहित ५ सदस्यीय नेपाली टोली बुधबार जापानको गामागोरी प्रस्थान गर्दै छ ।

जुन २४ देखि २६ तारिखसम्म हुने प्रतियोगितामा २ पुरुष तथा १ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुषमा मौलिक महर्जनले यु–२३ तथा येजु महर्जनले जुनियरमा प्रतिस्पर्धा गर्ने छन् । महिलामा श्रेबी महर्जनले जुनियरमा खेल्ने छिन् ।

मौलिक र श्रेबी १९ औं एसियाली खेलकुदका लागि छनोट भएका खेलाडी हुन् । खेलाडीले ७ सय ५० मिटर स्विमिङ, २० किलोमिटर साइक्लिङ र ५ किलोमिटर रनिङ गर्नु पर्ने छ ।

अफिसियलमा ज्ञानकृष्ण प्रजापति छन् । नेपाल ट्रायथलन संघका सदस्य मिकेन महर्जन पनि एसियाली ट्रायथलनको कोंग्रेसमा सहभागी हुन टोलीसंगै जापान जाँदै छन् । टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे ।

Published Date: 20 June 2023


ताजा
जनैपूर्णिमा मेला लक्षित गोसाइँकुण्डमा तयारी तीव्र, ११ उपसमिति परिचालनदेखि निःशुल्क उद्धारसम्मको व्यवस्था
भक्तपुरमा आज गाथामाग चःर्‍हे मनाइँदै
अण्डाको मूल्य फेरी बढ्यो
सुनको मूल्य तोलामा ६ हजार ४ सयले बढ्यो, चाँदी पनि महँगियो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु