नेपाली ट्रायथलन टोली जापानको गामागोरी प्रस्थान

नेपाली ट्रायथलन टोली जापानको गामागोरी प्रस्थान : Icon Khabar

काठमाडौं, असार ५  । एसियाली ट्रायथलन यु–२३ तथा जुनियर च्याम्पियनसिपमा सहभागी हुन ३ खेलाडीसहित ५ सदस्यीय नेपाली टोली बुधबार जापानको गामागोरी प्रस्थान गर्दै छ ।

जुन २४ देखि २६ तारिखसम्म हुने प्रतियोगितामा २ पुरुष तथा १ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुषमा मौलिक महर्जनले यु–२३ तथा येजु महर्जनले जुनियरमा प्रतिस्पर्धा गर्ने छन् । महिलामा श्रेबी महर्जनले जुनियरमा खेल्ने छिन् ।

मौलिक र श्रेबी १९ औं एसियाली खेलकुदका लागि छनोट भएका खेलाडी हुन् । खेलाडीले ७ सय ५० मिटर स्विमिङ, २० किलोमिटर साइक्लिङ र ५ किलोमिटर रनिङ गर्नु पर्ने छ ।

अफिसियलमा ज्ञानकृष्ण प्रजापति छन् । नेपाल ट्रायथलन संघका सदस्य मिकेन महर्जन पनि एसियाली ट्रायथलनको कोंग्रेसमा सहभागी हुन टोलीसंगै जापान जाँदै छन् । टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 20 June 2023
Website | + posts










ताजा
बासु माध्यमिक विद्यालयमा कक्षा १० को विदाइ तथा कक्षा ११ को स्वागत कार्यक्रम भव्य रूपमा सम्पन्न
काठमाडौंको सार्वजनिक स्थलहरूमा धुम्रपान गरे रू पाँच सय जरिवाना तिर्नुपर्ने
सबै सरकारी अस्पतालले हरेक शुक्रबार बिहान एक घण्टा लामखुट्टेको लार्भा नष्ट गर्नुपर्ने
नयाँ नोट छाप्नका लागि राष्ट्र बैंकद्वारा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान










ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट