नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति राईद्वारा भारतमा नेपाली पुस्तकको निकासी सहज बनाउन आग्रह

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति राईद्वारा भारतमा नेपाली पुस्तकको निकासी सहज बनाउन आग्रह : Icon Khabar

काठमाडौं, असार ५ । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले नेपालमा प्रकाशित पुस्तक भारतमा निकासीमा लगाइएको प्रतिबन्धलाई सम्बोधन गर्न पहल गर्न काठमाडौंस्थित भारतीय दूतावासको ध्यानाकर्षण गराएका छन्।

नेपाल–भारत साहित्य महोत्सव अन्तर्गत आज काठमाडौंको नेपाल–भारत पुस्तकालयमा आयोजित पुस्तक विमोचन तथा छलफल कार्यक्रममा कुलपति राईले नेपाल र भारतमा प्रकाशित पुस्तकहरूमा दुवै देशका पाठकलाई सहज बनाउन सके पुस्तक थप फलदायी र मूल्यवान हुने विश्वास व्यक्त गरे । ।

दुवै देशबीचको भाषिक, साहित्यिक, सांस्कृतिक तथा कला आदानप्रदानमा दुवै पुस्तक कोसेढुङ्गा साबित हुने विश्वास व्यक्त गर्दै उनले भाषा, साहित्यका माध्यमबाट दुई देशबीचको सम्बन्धलाई सुमधुर बनाउन भारतीय दूतावासले महत्वपूर्ण भूमिका खेलेकोमा प्रशंसा गरे ।

Published Date: 20 June 2023


ताजा
जनैपूर्णिमा मेला लक्षित गोसाइँकुण्डमा तयारी तीव्र, ११ उपसमिति परिचालनदेखि निःशुल्क उद्धारसम्मको व्यवस्था
भक्तपुरमा आज गाथामाग चःर्‍हे मनाइँदै
अण्डाको मूल्य फेरी बढ्यो
सुनको मूल्य तोलामा ६ हजार ४ सयले बढ्यो, चाँदी पनि महँगियो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु