सरकारी स्वामित्वको संचार माध्यमलाई सरकारको मुखपत्र बनाउनु हुँदैन: सांसद सुवाल

सरकारी स्वामित्वको संचार माध्यमलाई सरकारको मुखपत्र बनाउनु हुँदैन: सांसद सुवाल : Icon Khabar

काठमाडौं, असार ४ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले सरकारी सञ्चार माध्यमहरुले जनताको आवाज बोल्नुपर्ने बताएका छन्।

सोमबार प्रतिनिधिसभा बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिदै सांसद सुवालले सो कुरा ब्यक्त गरे।

सरकारी स्वामित्वको संचार माध्यम गोरखापत्र, रेडियो नेपाल, नेपाल टेलिभिजनलाई सरकारको मुखपत्र बनाउन नहुने बताए।
सरकारमा भएका पार्टी र मन्त्रीहरूको मात्रै प्रचार गर्ने सरकारी संचार माध्यमले अब देखि संसद भित्र रहेका १३ वटै दलको विचारहरुलाई पनि समेट्न आग्रह गरे।

उनले रेडियो नेपालको खुमल्टार स्थित ५० औ रोपनी जग्गा बेचेर करोडौं कमिशन खाने को को हुन् कारबाही गर्न माग पनि गरे।

सांसद सुवालले विज्ञापनहरुको प्रकाशन तथा प्रशारण अनिवार्य रुपमा नेपाली भाषामा हुनुपर्ने व्यवस्था गर्न पनि सरकारलाई सचेत गराएका छन्।

Published Date: 19 June 2023


ताजा
रोटर्‍याक्ट क्लब अफ भक्तपुरद्वारा आयोजित ‘द आर्ट अफ पोडियम’ उद्घोषण तालिम सम्पन्न
प्रधानमन्त्री कार्यालयले भन्यो,”प्रधानमन्त्री वालेन्द्र शाहको मुस्ताङ भ्रमण निजी हो। “
भक्तपुरमा कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
पहिलो डेटअघि जान्नैपर्ने १० महत्वपूर्ण कुरा


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली