नेपालले आज ओमानसँग वार्मअप खेल खेल्दै

नेपालले आज ओमानसँग वार्मअप खेल खेल्दै : Icon Khabar

काठमाडौं, जेठ ३२ । नेपालले आइसिसी एकदिवसीय विश्वकप छनोटअघि अन्तिम वार्मअप खेलमा आज ओमानसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो १२ः ४५ मा हरारे स्पोर्ट्स क्लबमा सुरु हुनेछ ।

नेपाल यसअघिका तीन अभ्यास खेलमा लगातार पराजित भएको छ । नेपाल विश्वकप छनोटअघि अन्तिम खेलमा जितको खोजीमा हुनेछ । नेपाल युएईसँग पहिलो वार्मअप खेलमा तीन विकेटले पराजित भएको थियो ।

त्यसअघि दक्षिण अफ्रिकामा नेपाल स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग पराजित हुन पुगेको थियो । युएईविरुद्ध नेपालले २ सय ७५ रन बनाएपनि पराजित हुन पुगेको थियो । नेपालले तीनै खेलमा स्पिनर सन्दीप लामिछानेलाई मैदान उतारेको छैन ।

नेपालको टोली :

कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), ज्ञानेन्द्र मल्ल, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जि.सी, ललित राजवंशी, अर्जुन साउद र किशोर महतो ।

ओमानको टोली :

जिशान मकसुद (कप्तान), अकिब इलियास (उपकप्तान), जतिन्दरसिंह, कश्याप प्रजापति, शोएब खान, मोहम्मद नदिम, सन्दीप गौड, आयन खान, सुरज कुमार, अदिल शफिक, नसिम खुशी, बिलाल खान, कलिमुल्लाह, फयाज बट, जय ओडेरा, स्यामी श्रीभात्सव र रफिउल्लाह ।

Published Date: 15 June 2023


ताजा
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ
इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु